चलचित्र 'रोमियो एण्ड मुना'ले आफ्नो प्रदर्शन मिति परिवर्तन गरेको छ । फागुन ११ गते प्रदर्शनको तयारीमा रहको चलचित्र अब चैत्र २ मा रिलिज हुने निर्माण पक्षले बताएको छ । निर्माता प्रसन्न गोपालिको अनुसार चलचित्रको काम सोचिएको अवधिमा नसकिएर प्रदर्शन मिति सार्न बाध्य भएको बताएका छन् । चैत २ पछि चलचित्र नसर्ने उनले बताए । नरेश कुमार केसीको लेखन र निर्देशन रहेको चलचित्रमा विनय श्रेष्ठ, सृष्टि श्रेष्ठ, सुस्मा कार्की, प्रज्वल सुजल गिरी लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रको टिजर, पोस्टर र दुई वटा गीतहरू सार्वजनिक भैसकेका छन् । रोमियो एण्ड मुनालाई प्रसन्न गोपाली, रोजी श्रेष्ठ र कविन शाक्यले संयुक्तरुपमा लगानी गरेका छन् ।