बलिउड अभिनेता सलमान खान जेल परेपछि बलिउडमा निराशा छाएको छ।  तर नायिका सोफिया हयात भने सलमानले सजाय पाएकोमा खुसी भएकी छिन् । सोफियाले सलमान जेल गएको खुसी सामाजिक सञ्जाल मार्फत सेयर गरेकी छिन् । उनले इन्टाग्राममा सलमानको फोटो राख्दै बिइङ हुम्यान काटेर नो मोर बिइङ हुम्यान लेखेकी छिन् । उनको यस्तो पोस्ट माथि धेरैले नराम्रो कमेन्ट गरेका छन् । सोफिया फेरि लेख्छिन् 'आखिरमा कर्मको फल मिल्यो । धेरै सलमानको विरुद्ध बोल्न डराउन्छन् । उनीहरूलाई लाग्छ सलमानले बलिउडलाई कन्ट्रोल गरेका छन् । तर मलाई कोहीसँग डर लाग्दैन । मलाई खुसी लागेको छ सलमानले जे गर्‍यो त्यसको लागी जेल जान पर्‍यो ।' त्यस्तै जनावरलाई मारेर कानुन तोडेको भन्दै सलमान विरुद्ध सोफियाले लेखेकी छिन् ।