अभिनेता आर्यन सिग्देलको निर्माण र अभिनय रहेको चलचित्र ‘कायरा’को नयाँ गीत सार्वजनिक भएको छ ‘सुखमा तिमीसँगै हाँसु’बोलको गीत । बिहीबार साँझ युट्युबमार्फत सार्वजनिक गरिएको थियो । उक्त सार्वजनिक गीतमा कोसिस क्षेत्रीको शब्द तथा सङ्गीत रहेको छ भने स्वर केतन क्षेत्रीको रहेको छ । गीतको भिडियोमा चलचित्रमा मुख्य कलाकार अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञी शाह फिचर छन् । भिडियो दुवै रोमान्टिक मुडमा देखिएका छन् ।

फिलिपिन्सको रमणीय ठाउँमा छायाङ्कन गरिएको भिडियोमा आर्यन र साम्राज्ञीको जोडी लोभलाग्दो देखिएको छ । 
 

आर्यन सिग्देल इन्टरटेनमेन्ट र आर एण्ड आर प्रोडक्सन को ब्यानरमा निर्मित ‘कायरा’लाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् । चलचित्रमा आर्यन र साम्राज्ञीको अलावा शिशिर राणा, हितेश शर्मा, सुरेश न्यौपाने, मरिष श्रेष्ठ लगायतकाकलाकारको अभिनय रहेको छ । चलचित्रमा कथा अभिनेता सिग्देल स्वयंमले लेखेका हुन् । चलचित्रको पटकथा र संवाद भने केदार भुसालको रहेको छ । शिवराम श्रेष्ठ (आशिकी)को छायाङ्कन रहेको चलचित्रमा कोरियोग्राफी प्रविन सिंहको रहेको छ भने सम्पादन बनिष शाह र मिलन श्रेष्ठको रहेको छ ।