केही दिन अघि बलिउड अभिनेता शाहिद कपुर क्यान्सर रोगको सिकार भएको समाचार बाहिरिएको थियो । जुन समाचारले बलिउड नै तंरगित बनायो । उक्त समाचारको खण्डन गर्दै शाहिदले आफ्नो सामाजिक सञ्जालमा स्टाटस लेखेका छन् । स्टाटसमा आफू बिलकुल स्वस्थ रहेको लेखेका छन् । शाहिदले समाचार बकवास भएको र उक्त कुरामा विश्वास नगर्ने अनुरोध गरेका छन् । बाहिरिएको समाचार अनुसार शाहिदलाई पेटको क्यान्सर रहेको खुलेको थियो । तर शाहिदको परिवारले समाचार प्रति खण्डन गर्दै समाचार झुटो भएको बताएका छन् । हाल शाहिद ‘कबीर सिंह’को छायाङ्कनमा व्यस्त छन् ।