चलचित्र ‘दर्पण छाया’को हिट जोडी दिलीप रायमाझी र निरुता सिंह पुन एक पटक एकसाथ पर्दामा देखिने भएका छन् । यी दुईसँगै अर्का अभिनेता उत्तम प्रधान पनि चलचित्रमा देखिने भएका हुन् । १८ वर्ष अघि बक्स अफिसमा धमाका मच्चाएको दर्पण छायाँका यी तिन पात्र एकसाथ चलचित्रमा देखिने भएका छन् । दुई वर्ष अघि दर्पण छायाँका निर्देशक तुलसी घिमिरेले नै नयाँ कलाकार राखेर दर्पण छाया २ बनाएका थिए । जुन बक्स अफिसमा असफल भएको थियो । अब पुन निरुता, दिलीप र उत्तम मिलेर दर्पण छाया २ निर्माण गर्ने भएका हुन् । चलचित्रको कथा उत्तमले लेखिरहेका छन् । दर्पण छायाँको कथा जहाँबाट सुरु भएको थियो दर्पण छाया २को कथा त्यहीबाट सुरु हुने छ । बुझिए अनुसार चलचित्रलाई उत्तमले नै निर्माण गर्ने लागेका हुन् । निर्माण पक्षको अनुसार चलचित्रको नाम दर्पण छाया २ हुने छैन । चलचित्रको छायाङ्कन अर्को वर्षबाट सुरु हुने छ ।