केही दिन यता बलिउड लगायत विश्वका मिडियाहरूमा केही महिनाअघि विवाह बन्धनमा बाँधिएका बलिउड नायिका प्रियङ्का चोपडा र गायक निक जोनको डिभोर्सको हल्लाले ठाउँ ओगटिरहेको छ । तर आफ्नो र आफ्ना पति निक जोन्सको डिभोर्स हुन लागेको झुटो खबर छापेको भन्दै अभिनेत्री प्रियङ्का चोपडाले पहिलो पटक खबर छाप्ने अमेरिकी अखबारविरूद्ध मानहानीको मुद्दा हाल्ने भएकी छिन् ।प्रियङ्का निकट श्रोतले यो खबर भारतीय मिडिया सामु पुर्‍याएको जनाइएको छ । 
उक्त अमेरिकी पत्रिकाले विवाह भएको ११७ दिनपछि नै निक र प्रियङ्काको सम्बन्ध पारपारचुकेको अवस्थामा पुगेको भन्दै आवरण कथा छापेको थियो।आफ्नो र निकको वैवाहिक जीवन खुसीयालीका साथ बितिरहेको सन्दर्भमा यस्ता खबरले आफूलाई दुखित तुल्याएको बताएकी छन्। पत्रीकाले निक आफ्नी पत्नी प्रियङ्काको व्यवहारले धेरै आजित भएको लेखेको थियो। पत्रिकाले प्रियङ्का उमेरमा परिपक्व भए पनि २१ वर्षिया युवतीजस्तो स्वभाव भएको र हरेकको कुरामा झगडा गर्ने भएकाले डिभोर्सको अवस्था आएको जनाएको थियो।