पछिल्लो समयको चर्चित नृत्य समूह ‘द कार्टुन क्रु’को नयाँ भिडियो सार्वजनिक भएको छ । ‘दिलको भित्तै’मा बोलको उक्त गीत शुक्रवार युट्युबमार्फत सार्वजनिक भएको हो । गीनमा एन्जिला रेग्मी, नवीन रावल, अल्मोडा राना उप्रेतीको स्वर रहेको छ ।

 

गीतमा गायक नवीन रावलको सङ्गीत, मिलन बिस्टको शब्द रहेको छ । गीतलाई एरेन्ज गायक अल्मोडाले गरेका हुन् । सार्वजनिक भिडियोलाई कार्टुन क्रुका सदस्य सरोज अधिकारी र आश्मा विश्वकर्माले कारियोग्राफी गरेका हुन् । रामेश्वर कार्कीले खिचेको भिडियालाई प्रविन श्रेष्ठले सम्पादन गरेका हुन् ।