'गाँजाबाजा' नामका कारण २ बर्ष अघि देखि झमेलामा फस्दै आएको चलचित्र अब भने फागुन २५ मा प्रर्दशन हुने भएको छ । चलचित्र बिकास बोर्डले चलचित्र दर्ता गर्न नमाने पछि चलचित्र युनिट न्यायका लागि सर्बोच्च अदालतसम्म पुगेको थियो ।

गणेशदेब पाण्डेको निर्देशन रहेको चलचित्रमा अनुपम शर्मा, सुशील सिटौला, बर्षा सिवाकोटी लगायतको अभिनय रहेको छ ।

गाँजा खोज्दै भौंतारिने दुई बेरोजगार युवाको कथामा बनेको चलचित्र हो गाँजाबाजा । भौंतारिने क्रममा सिर्जना हुन्छ रमाइलो र अन्य अवस्था । र, बज्छ जिन्दगीमा बाजा । यसकै सेरोफेरोमा घुमेको छ चलचित्र ।