धुर्मुस सुन्तली फाउण्डेशनको एकीकृत नमुना बस्ती निर्माण कार्य यतिबेला तिब्र गतिमा चलिरहेको छ । रौतहट जिल्ला, चन्द्रपुर नगरपालिका वडा नं. ८ स्थित सन्तपुर दलित बस्तीमा 'एकीकृत नमुना सन्तपुर बस्ती' निर्माण भइरहेको हो ।

 

फाउण्डेशनले निर्माण गर्ने उक्त एकीकृत नमुना सन्तपुर बस्तीमा सुरक्षित, आधुनिक, भुकम्प प्रतिरोधी र नेपाल सरकारको मापदण्ड अनुसार २ तल्लाको ४ वटा कोठा हुने गरि १ शौचालय, धारा र बगैंचा समेत निर्माण गरिदैछ ।

बस्ती भित्र ४७ वटा आवासिय घर, १ मन्दिर, सार्बजनिक धारा र शौचालयहरु, सामुदायिक भवन, बिध्यालय, पाहुना घर र पुरै बस्ती अवलोकन गर्ने भ्यु टावरको समेतको आकर्षक र सुबिधासम्पन्न बस्ती निर्माण हुँदैछ ।

माघ २४ गते 'एकीकृत नमुना सन्तपुर बस्ती' हस्तान्तरण गरिने गरि निर्माण कार्य भइरहेको धुर्मुस सुन्तली फाउण्डेशनका तर्फबाट सिताराम कट्टेल'धुर्मुस्' ले जानकारी दिए ।