कोहि जित्ने कोहि हार्ने अभियानमा छन् !
भाईले भाई लाई मार्ने अभियानमा छन् !
नेता ,भोज भतेर लगाएर उत्सव मनाउदै ,
राज्यको धन निखार्ने अभियानमा छन् !
सरकारी रासन खाएको तुजुक देखाउदै ,
एकले अर्कालाई पछार्ने अभियानमा छन् !
शान्तिले देशमा पाइला टेक्ला भन्ने डरले ,
सडकमा जनता उतार्ने अभियानमा छन् !
देशको विकास गर्ने हैन,भुस्याहा कुकुरहरु ,
आफ्नो बथान ठुलो पार्ने अभियानमा छन् !