जुनै कलाकार आफूलाई बलिउडमा स्थापित हुन चाहन्छन् । कुनै एउटा फिल्म हिट हुनासाथ प्राय कलाकारले पछाडि फर्किएर हेर्नु परेको छैन । तर फिल्म सधैँ हिट हुन्छ भन्ने पनि छैन । लगातार फ्लप भएर हातमा फिल्म आउने छोड्यो भने आम्दानी बन्द हुने डर कलाकारलाई नहुने होइन । यस्तै कति सेलिब्रेटी यस्ता छन् जो फिल्ममा हिट हुदाहुदैँ पनि व्यवसायमा सक्रिय छन् । चर्चा गरौँ फिल्मसँगै व्यवसायमा पनि हिट भएका चर्चित बलिउड कलाकारहरूको बारेमा 
१. सलमान खान 
सलमान खानको ब्रान्डको बारेमा चर्चा निकै छ । भारतमा मात्र नभएर विश्वभर नै सलमानको ‘बिङ ह्युमान’को चर्चा छ ।च्यारेटीको लागि सुरु गरिएको यो ब्रान्डको अहिले भारतभर रिटेल स्टोर छ । सलमान यसको प्रमोसन गर्न कहिले पछि पर्दनन् । हरेक इभेन्टमा उनी आफ्नै ब्रान्डको टीसर्ट लगाएर हिँड्ने गर्दछन् ।
 
२. प्रीति जिन्टा
पछिल्लो समय अभिनेत्री प्रीति जिन्टाले बलिउडबाट ब्रेक लिइसकेकी छिन् । हाल उनी आफ्नै बिजनेसमा सक्रिय छिन् । २००८ मा उनले आइपीएलमा किंग्स इलेवन पन्जाब किनेकी थिइन् । यसका साथै उनको एक प्रोडक्शन हाउस समेत छ । जुन मुम्बईबाट सञ्चालित छ ।  उनी बलिउडकी सबैभन्दा सफल बिजनेस अभिनेत्रीको रूपमा पनि परिचित छिन् ।

३.जोन अब्राहम

 अभिनेता जोन अब्राहम पनि व्यवसायमा सफल भएका कलाकार हुन् । जनको एक प्रोडक्शन हाउस र एक जिम खान रहेको छ । जुन भारतकै ठुलो जिमखाना भएको बताइन्छ ।

४.करिश्मा कपूर
फिल्मबाट दुरी बढाएकी अभिनेत्री करिश्मा कपूरको यति बेला निजी जीवनको विषयमा निकै चर्चा हुने गर्दछ ।  उनी एक ई कमर्स पोर्टलकी मालिक हुन् । यो पोर्टलले महिला र नवजात बच्चाहरूका लागि आवश्यक सामान उत्पादन गर्ने गर्दछ ।

५. सुनिल शेट्टी
अभिनेता सुनिल शेट्टी पनि बलिउडका सफल व्यवसायी हुन् । उनको एक रेस्टुरेन्ट र प्रोडक्शन हाउस रहेको छ । साथै सुनिल बुटिक चेन पनि व्यापार गर्दछन् जुन मुम्बईमा चर्चित छ ।

६.सुष्मिता सेन
बलिउडकी सुन्दर अभिनेत्री सुष्मिता सेन फिल्मबाट टाढा छिन् । उनी फिल्ममा भन्दा बढी बिजनेसमा सक्रिय छिन् । उनको दुबईमा एक ज्वेलरी , प्रोडक्सन हाउस ‘तन्त्रा’ साथै उनी मिस यूनिभर्सको प्रेन्चाइज एमसीको प्रमुख समेत हुन् । 

७. शाहरुख खान
बलिउड अभिनेता शाहरुख खान विश्वकै धनी व्यक्तिको सुचीमा पर्छन् । फिल्मको अलावा शारुखको आफ्नै प्रोडक्शन हाउस साथै उनी आइपीएलमा कोलकत्ता नाइट राइडरका समेत मालिक हुन् ।