नेपाली सिनेनगरीमा बोल्ड अभिनेत्रीको रूपमा साम्राज्ञी राज्यलक्ष्मी शाहको नाम अगाडी आउँछ । कुनै विशेष कार्यक्रममा शाहले लगाउने पहिरनको चर्चा निकै हुने गर्दछ । हाल साम्राज्ञी चलचित्र ‘कायरा’को छायाङ्कनको लागी फिलिपिन्समा छिन् । उनले सामाजिक सञ्जाल इन्टाग्राममा केही समय अघि ट्याटु बनाउन लागेको भन्दै भिडियो पोस्ट गरेकी थिइन् । त्यसको केही समय पछि उनले इन्टाग्राममा ट्याटु बनाएको तस्बिर पोस्ट गरेकी थिइन् । जुन यति बेला भाइरल भइरहेको छ । उक्त तस्बिरमा साम्राज्ञीले आफ्नो ट्याटु देखाएकी छिन् । तस्बिर राखेको छोटो समयमा नै उनले पोस्ट हटाएकी थिइन् । 
 

केही दिन अघिमात्र नायक आर्यन सिग्देलसँग साम्राज्ञीको केही तस्बिर सार्वजनिक भएको थियो । चलचित्र कायराको गीत छायाँकनक्रमको उक्त तस्बिरमा आर्यनले आफ्नो घाँटीमा ट्याटु बनाएका छन् । बुझिए अनुसार साम्राज्ञीको उक्त ट्याटु कायराको लागी बनाएकी हुन् । 
 

आर्यनले घाँटीमा खोप्दा साम्राज्ञीले कहा खोपिन् ट्याटु ?