अभिनेता टाइगर श्रापको अभिनय रहेको चलचित्र ‘बाघी २’ले यति बेला सिनेमाहलमा धमाका मच्चाइरहेको छ । भारतभर कबिर ४६०० र भारत बाहिर ११०० हलमा रिलिज भएको चलचित्रले ओपनिङ धमाका गरेको छ । शुक्रवारबाट प्रदर्शनमा आएको बाघी २ ले सञ्जय लीला भन्साली निर्देशित ‘पद्यावत’लाई पछि पारेको छ ।पद्यावतले ओपनिङ २४ करोडको गरेको थियो भने बाघी २ले पहिलो दिन बक्स अफिसमा २५.१० करोडको कमाई गरेको छ । जुन यो वर्षको धेरै ओपनिङ हो । त्यस्तै चलचित्रले दोस्रो दिन २२ करोड बढीको कमाई गरेको बलिउड मिडियाले उल्लेख गरेको छ ।  ६० करोडको बजेटमा निर्माण भएको ‘बाघी २’ले पहिलो साताले आफ्नो लगानी सुरक्षित गर्ने लय लिएको छ । साजीद नाडीदवालाको निर्देशन रहेको चलचित्रमा टाइगरसँगै दिशा पटानी, प्रतीक बब्बर, मनोज बाजपायी, रणदीप हुड्डा लगायतको अभिनय रहेको छ ।