कक्रयाक्क... कक्रयाक्क... 

अण्डा फुटेको आवाज आउँछ। ती टुक्रिएका अण्डाहरूबाट हाँसका टिउराहरु बाहिरिन्छन्। सेतो रङका, तीन टिउरा। तर एउटा अण्डा फुट्दैन र माउ हाँस आत्तिन्छे र उक्त अण्डाबाट टिउँरो निस्कने प्रतीक्षामा बस्छे। 
यो मण्डला थिएटरमा चलिरहेको नाटक ‘कुरुप हाँस’को एक दृश्य हो। दृश्यले दर्शकको ध्यान मञ्चमा केन्द्रित गराउँछ। 

कन्टेम्परी नृत्यमार्फत सामाजिक विषय उठान गर्दै ‘कुरुप हाँस’

जब अन्ति अण्डा फुट्छ तब त्यहाँबाट कालो हाँस निस्कन्छ र आमा हाँसको अनुहारमा नाचेको खुसीको रङ फेरिन्छ। उनी अकमक्क पर्छिन्, यो मेरो बच्चा हो कि होइन? पर भाग्छिन्। पटकपटक होर्छिन्। तर कालो हाँस भने आमाकै पछिपछि लाग्छ। आफ्नो दाजुबहिनी देखेर खुसी हुन्छ। उनीहरूलाई जस्तै आमाले सुम्सुम्याओस् भन्ने सोच्छ। उपनि नाच्न, खेल्न, हिँड्न सिक्न चाहन्छ। तर उसको उपस्थितिमा आमा, दाजुबहिनी कोही पनि खुसी हुँदैनन्। किनकी उ कालो छ, अर्थात कुरुप छ।

त्यो विभेद र घृणाका कारण भावनात्मक रुपमा टुटेको कालो हाँसलाई आफ्नै दाजु दिदीले शारीरिक यातना समेत दिन्छ।

तर कालो हाँले सिक्ने कोसिस छोड्दैन। आफ्नो अस्तित्व र पहिचान बनाउ उनीहरुले दिएको पीडा र यातनालाई आत्मसाथ गर्दै लान्छ। तर जब हद नाग्छ तब उ तियो परिवारको साथ छोड्ने निर्णयमा पुग्छ। 

उ आफ्नो अस्तित्वको खोजीमा हिड्छ। हिड्ने क्रममा पनि उसलाई एउटा घरमा पालिएको बिरालो र कुखुराले उ कुरुप र बेकार भएको बोध गराउँछन्। त्यो घर पनि छोडेर यात्रा निरन्तर गर्छ। र अन्त्यमा उसको यात्रा सफल हुन्छ। उ अरु हाँसहरु भएको पोखरीमा जान्छन् जसले उसको कालो रङलाई स्वीकार्छन्। कुरुप भनिएको हाँसलाई पोखरीमा उसको छाँया देखाएर उ सुन्दर भएको बोध गराउँछन्। त्यहाँ भएका हाँसहरुले खुसी अगाँल्छन्। 

यसरी कुरपताको बनावटी परिभाषाहरुबीच सुन्दरताको खोजीको कथा हो नाटक ‘कुरुप हाँस’। नाटकले सौन्दर्यतालाई लिएर बनाइएको सामाजिक मान्यतालाई व्यङ्ग्य गर्छ। 

अभिनेता नाजिर हुसेनको निर्देशन तथा परिकल्पनामा डेनिस लेखक हान्स एन्डरसनको कथा ‘द अग्ली डकलिङ’ मञ्चन भइरहेको छ। ‘कुरुप हाँस’ नाम दिएर कथालाई नाटकमा रुपान्तरण गरिएको हो। नाटकमा कन्टेम्पररी बेली नृत्यमार्फत कथा भनिन्छ। कलाकारहरुले हाउभाउ, नृत्य, शाररिक चालको प्रयोग बढी र संवादको प्रयोग कम गरेका छन्। 

नाटकमा नाजिर हुसेन, मिलन कार्की, बिनिता गुरुङ, किरण श्रेष्ठ, विक्रम श्रेष्ठ, विजय कार्कीको अभिनय रहेको छ। सो नाटक जेठ २० गतेसम्म मण्डला थिएटर, अनामनगरमा मञ्चन हुनेछ। शनिबार दिउसो १ बजे पनि नाटकको अतिरिक्त सो हुनेछ।

कन्टेम्परी नृत्यमार्फत सामाजिक विषय उठान गर्दै ‘कुरुप हाँस’