गत शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘रामकहानी’ले यति बेला बक्सअफिसमा राम्रो कमाई गरिरहेको छ । सुदर्शन थापाको निर्देशन रहेको चलचित्रले आइतबार साझ कमलपोखरी स्थित कुमारी हलमा विशेष शो गरेको थियो । विशेष सोमा दर्जन बढी कलाकार र सञ्चारकर्मीको उपस्थिति रह्यो ।
चलचित्र हेरेर निस्किदा धेरैले कलाकारको अभिनयको तारिफ गरेका थिए । त्यस्तै चलचित्रका कलाकार केदार घिमिरे माग्ने बुढाको कामलाई प्रशंसा मिलेको थियो ।




अभिनेता भुवन केसीले नायिका पूजा शर्माको काम र निर्देशकिय पाटो मन पराएको जानकारी दिए ।





तस्बिर: अन्जान