गत शुक्रवारबाट सञ्चारकर्मी ऋषि धमलाको निर्माण रहेको चलचित्र ‘अनुराग’प्रदर्शन भइरहेको छ । चलचित्रमा नव–नायिकाको रूपमा ऋषि धमलाकी श्रीमती एलिजा गौतम र नायक समुन्द्र पाण्डेले सिने नगरीमा डेव्यु गरेका छन् । सत्यराज चौलागाईँको निर्देशन रहेको चलचित्रले यति बेला दर्शकहरूको मिश्रित प्रतिक्रिया पाएको छ ।

यता एलिजा भने दर्शकको प्रतिक्रियाबाट दङ्ग छिन् । ‘पहिलो चलचित्रबाट यति धेरै प्रतिक्रिया पाएका छु । सुधार गर्नु पर्ने ठाउँ धेरै छ जसलाई म मान्छु , अबको दिनमा राम्रो चलचित्रको साथमा अझै अभिनयलाई निखारेर आउने छु । ’ एलिजा भन्छिन् ।

धमला श्रीमती एलिजा गौतमको फेसन ! (फोटो फिचर)

दुई सन्तानकी आमा हुन् एलिजा । चलचित्र प्रमोसन होस, या कुनै कार्यक्रम एलिजा आफू पूर्ण रूपमा तयारी भएर नै पुगिरहेकी हुन्छिन् । उनी भन्छिन् ‘बिहे गर्दैमा, बच्चा जन्मिँदैमा चलचित्र खेल्नु हुन्न भनेर छैन नि!’
 

धमला श्रीमती एलिजा गौतमको फेसन ! (फोटो फिचर) धमला श्रीमती एलिजा गौतमको फेसन ! (फोटो फिचर)

तस्बिर: अन्जान 

धमला श्रीमती एलिजा गौतमको फेसन ! (फोटो फिचर)