लामो समयको अन्तराल पछि चलचित्र ‘कान्छी’बाट कमब्याक गरेकी अभिनेत्री हुन् श्वेता खड्का । फागुनमा रिलिज भएको चलचित्रले बक्स अफिसमा राम्रै कमाई गर्यो । कान्छीले पाएको सफलताले श्वेता पनि दङ्ग छिन् ।
भन्छिन् ‘दर्शकले जुन प्रकारको माया र साथ दिनु भयो त्यसले मलाई अझै ऊर्जा थपिएको छ ।’ व्यवसाय र समाजसेवामा पनि सक्रिय रहेकी श्वेता हाल माझी बस्ती निर्माणमा जुटिरहेकी छिन् । ‘विभिन्न कारणले गर्दा माझी बस्तीलाई हामीले समयमा हस्तान्तरण गर्न पाएका छैनौँ । अब केही समय भित्रमा यो माझी बस्ती हस्तान्तरण हुने छ ।’ उनी भन्छिन् ।



