नेपाल र विदेशमा यति बेला चलचित्र ‘छक्का पन्जा ३’ सफलताको साथ प्रदर्शन भइरहेको छ । नेपालमा यो चलचित्रले ५१ औँ दिन मनाउने तरखरमा छ भने विदेशको विभिन्न सहरमा यसको सोहरू भइरहेको छ ।

अस्ट्रेलियामा रोमान्टिक दीपक–दीपा (फोटो फिचर)

 विदेश प्रदर्शनक्रममा  यस चलचित्रकी निर्देशक दिपाश्री निरौला र निर्माता तथा कलाकार दीपकराज गिरी अस्ट्रेलियामा छन् । अस्ट्रेलियामा दीपक–दीपा निकै रमाइलो गरिरहेको उनीहरूले सामाजिक सञ्जालका पोस्टहरूले थाहा हुन्छ । यसैक्रममा अस्ट्रेलियामा खिचिएको केही तस्बिरहरू दिपाश्रीले सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् । जसमा दीपक र दीपा रोमान्टिक मुडमा देखिएका छन् ।

झन्डै दुई दशक देखि एकसाथ काम गर्दै आएका दीपक र दिपाश्रीको जोडीलाई मन पराउने धेरै छ । मित्रताको उदाहरणको रूपमा पनि दीपक–दि पाको नाम अगाडी आउँछ । यी दुईको सहकार्यमा निर्माण भइसकेको आधा दर्जन चलचित्रहरू सबै सफल छन् ।
 

अस्ट्रेलियामा रोमान्टिक दीपक–दीपा (फोटो फिचर) अस्ट्रेलियामा रोमान्टिक दीपक–दीपा (फोटो फिचर)