राजपाल यादव, आर्यन अधिकारी , निता ढुङ्गाना, एन्जल श्रेष्ठ, दया शंकर पाण्डे लगायत कलाकार अभिनित चलचित्र 'कड्के कमाल के 'को ट्रेलर सार्वजनिक भएको छ । लक्ष्मण सिंहको निर्देशन रहेको चलचित्रका निर्माता ऐत्वरी सिंह रहेका छन् । 
हिन्दी र नेपाली दुबै भाषा समेटेर बनाइएको कड्के कमाल के को ट्रेलरमा पैसा कमाउन कै लागी निम्न वर्गका दुइ साथीहरुको यात्रा र हर्कतलाई देखाइएको छ । बलिउडका  चर्चित कमेडी आर्टिस्ट राजपाल यादवले अभिनय गरेको यस चलचित्र भारत र नेपालका बिभिन्न ठाउँमा छयाङ्कन गरिएको छ । कलाको न कुनै जात न कुनै भाषा भन्ने कुरालाई सम्मान गर्दै भारत र नेपालको परिवेश, भाषा र कलाकर समेत एक साथ लिएर बनाइएको चलचित्र पुर्णतया मनोरन्जनात्मक देखिन्छ ।