पछिल्लो समय युट्युबप्रतिको आर्कषण बढ्दो छ । युट्युबमा लाखौँ लगानी गरेर आफ्नो जिविकाेपार्जन गर्नेको सङ्ख्या कम छैन । यसैभित्र पर्छन् हाँस्य कलाकार केदार घिमिरे उर्फ माग्ने बुढा । हाँस्य टेलिसिरियल ''मेरी बास्सै''बाट चर्चित बनेका केदारले आफ्नो प्राय जसो भिडियोहरु युट्युबमा नै राख्ने गर्छन् ।

सन् २०१३ मा कार्यक्रमको सिलसिलामा अस्ट्रेलिया पुगेका केदार त्यहाँको युट्युबप्रतिको झुकाबले यसप्रतिको सक्रियतामा उनि लोभ्यिए ।नेपाल आएसगैँ उनले युट्युबमा आफ्नो कार्यक्रमहरू पोस्ट गर्ने थाले । आफ्नो साथै अरूको कार्यक्रम किनेर पनि राख्ने गरेको केदार बताउँछन् । एक पत्रिकासँग कुरा गर्दे उनले अहिले १५ वटा युट्युब च्यानल संंचानल गर्दै आएको जानकारी दिए । केदारले युट्युबको लागी मात्र ८० लाख भन्दा बढी लगानी गरेको बताएका छन् ।

यस्तै कति कमाउनु भयो ? भन्ने प्रश्नमा ५० लाख जति कमाई गरिसकेको खुलाएका छन् । दिर्घकालिन काम भएकोले भविष्यमा राम्रो होला भन्ने आस उनले गरेको बताए । हालै चलचित्र'' छक्का पन्जा २'' को छायाङ्कन सक्काएर बसेका केदार पछिल्लो समय कलाकारितामा उति सक्रिय छैनन् । अल्सर र डिप्रसनको कारण उनी केही महिना घरमा आराम गर्दै बिताए । पूर्ण रूपमा स्वस्थ भएपछि आफू कलाकारितको साथमा स्टेज सोमा फर्किने उनले अन्तवार्तामा बताएका छन् ।