गएको हप्ता नेपाली राजतपटको लागी उपलब्धि मूलक नै रह्यो भन्दा फरक पर्दैन । नयाँ चलचित्रको घोषणा, चलचित्र सम्बन्धी बिभिद कार्यक्रम अनि नयाँ चलचित्रको रिलिज यिनै बिच नेपाली राजातपटको यो हप्ता गुज्रियो । चलचित्र क्षेत्रमा सानोतिनो उत्सव त जहिल्यै भइरहेकै हुन्छ । यसै गरी यो हप्ता पनि नेपाली कलाकार र समग्र चलचित्र क्षेत्रले आफ्नो गति लिइरहन सफल भयो । हेरौँ तस्बिरमा यो हप्ता ।    

साउन ३० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘हजार जुनीसम्म’को शुक्रवार अफिसियल ट्रेलर सार्वजनिक गरियो । ट्रेलर एक कार्यक्रम बिच सार्वजनिक गरिएको थियो जहाँ चलचित्रका अधिकांश कलाकार उपस्थित थिए । कार्यक्रममा चलचित्रकी मुख्य अभिनेत्री स्वस्तिमा खड्का विशेष रूपमा सजिएर पुगेकी थिइन् । विकास राज आचार्यको निर्देशनमा निर्माण भएको चलचित्रमा आर्यन सिग्देल, स्वस्तिमा खड्का, सलोन बस्नेतका अलावा सञ्चिता लुइँटेल, शिवहरि पौडेल, डेव्यु अभिनेता अखिलेस प्रधान, अनुभव रेग्मी लगायतका कलाकारको अभिनय रहेको छ । 

नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा

सोमबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र  'राजा साहेब'को निर्माण घोषणा भयो । केही वर्ष गुमनाम भएका अभिनेता रमित ढुङ्गाना यसै चलचित्रबाट ब्याक भएका छन् । चलचित्रमा रमित मुख्य भूमिकामा प्रस्तुत हुँदै छन् । 

अभिनेत्री रिमा विश्वकर्मा र गायक आर्जन पाण्डे फिचर्ड म्युजिक भिडियो सार्वजनिक भएको छ । फरक शैलीको गीत 'घाँटी भन्दा तल'मा आर्जनको स्वर रहेको छ ।गीत मात्र नभएर गीतको भिडियो पनि रोचक र फरक शैलीको रहेको छ जसमा गायक पाण्डे भिडियो गेम खेल्दा खेल्दै उक्त भर्चुअल दुनियाँमा प्रवेश गर्छन् र त्यहाँ विकसित भएका घटना क्रमलाई भिडियोमा प्रस्तुत गरिएको छ । 

नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा

चलचित्र 'प्रेम गीत ३' को यति बेला प्री प्रोडक्सनको काम भइरहेको छ । कलाकारको छनौट र चलचित्र युनिटको तयारी पछि चलचित्र 'प्रेम गीत ३' मेकिङमा जुटेको हो । यति बेला चलचित्रको लागी फ्लाईन्ङ हर्स इन्स्टिट्युटमा चलचित्रका मुख्य कलाकार प्रदीप खड्का, कृष्टिन गुरुङ, मनिष राउत, सन्तोष सेन लगायतले हर्स राइडिङको कोर्स गरिरहेका छन् ।

नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा

टङ्क बुढाथोकी र मेलिना राईको गीत 'कसरी कसरी' भाग दुई सार्वजनिक हुने तयारीमा छ । गीतको भिडियोको यति बेला सुटिङ भइरहेको छ । एक वर्षअघि सार्वजनिक भएको गीत 'कसरी कसरी'को सफलतापछि यो गीत ल्याउन लागिएको हो ।

भारतीय रियालिटी सो 'सारेगमपा लिटल च्याम्प्स'मा राम्रो स्थान हासिल गर्न सफल नेपालका आयुष र प्रीतम यति बेला आफ्ना प्रस्तुति दिन र कार्यक्रममा सहभागी हुनमा नै व्यस्त छन् । गएको हप्ता यी दुईलाई सहभागी गराएर राजधानीमा एक कार्यक्रम आयोजना गरिएको थियो जसमा दुवैले साङ्गीतिक प्रस्तुति दिएका थिए । 

नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा

शुक्रवारबाट चलचित्र ‘सुपर गोर्खे रिलिज भएको छ ।  ‘नाइँ नभन्नू ल’ बाट चर्चामा आएकी अभिनेत्री ऋचासिंह ठकुरीको कम ब्याक चलचित्र हो । उनकै श्रीमान् राज थापा (गजेन्द्र) ले निर्माण र निर्देशन गरेको चलचित्रमा सुरज सिंह ठकुरी, निराजन लुइँटेल, भूपेन्द्र क्षेत्र, भानु विष्ट, सचिन केसी, उत्तम विष्ट, मनोज राई लगायत कलाकारको अभिनय रहेको छ । 

चलचित्र बबी कि नायिका कविता गुरुङ नेपाल आएकी थिइन् । सत्य प्रेम कथामा आधारित यस चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका हुन् भने चलचित्र गत वर्ष रिलिज भएको थियो । 

नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा