नम्रता श्रेष्ठ स्टारर चलचित्र 'जाइरा' यही भाद्र भाद्र ६ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । चलचित्रको दुई गीत सार्वजनिक भैसकेका छन् भने दुबैबाट निकै राम्रो प्रतिकृया मिलिरहेको छ । एक्सन-लभ स्टोरी जनरामा बनेको चलचित्रमा नम्रताले मिक्स मार्सल आर्ट खेलाडीको भूमिका निभाएकी छिन् भने उनको अपोजिटमा छन् अभिनेता अनुपविक्रम शाही ।

'जाइरा' गर्ल नम्रताको बोल्ड अवतार 'जाइरा' गर्ल नम्रताको बोल्ड अवतार

नम्रताले मार्सल आर्ट सिक्न उनले ८ महिना तालिम लिएकी थिइन् भने आफ्नो कपाल समेत काटेकी थिइन् । चलचित्रलाई आशुतोष राज श्रेष्ठले निर्देशन गरेका हुन् उनको यो डेब्यु निर्देशन हो । कटामरी फिल्म्सको सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्स प्रा.लि.को प्रस्तुतिमा निर्माण भएको चलचित्रमा नम्रता र अनुपसँगै प्रमोद अग्रहरी, रेमन दास श्रेष्ठ, श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरको पनि अभिनय रहेको छ ।

'जाइरा' गर्ल नम्रताको बोल्ड अवतार 'जाइरा' गर्ल नम्रताको बोल्ड अवतार

प्रदर्शनको मिती नजिकिँदै जाँदा यसको प्रचारप्रसारमा बिस्तारै लागी परेको छ । यसैबिच अन्तर्वाताको क्रममा निकै बोल्ड, हट अनि स्मार्ट नम्रता आफुलाई मिडियासामु प्रस्तुत भएकी छिन् । 

'जाइरा' गर्ल नम्रताको बोल्ड अवतार 'जाइरा' गर्ल नम्रताको बोल्ड अवतार