गएको हप्ता नेपाली राजतपटको लागी उपलब्धि मूलक नै रह्यो । यो वर्षका प्रतीक्षित चलचित्रको ट्रेलर गीत रिलिजका साथमा नयाँ चलचित्रको घोषणा भए । यो हप्ता पनि नेपाली कलाकार र समग्र चलचित्र क्षेत्रले आफ्नो गति लिइरहन सफल भयो । हेरौँ तस्बिरमा केके भए यो हप्ता नेपाली रजतपटमा ।  

चलचित्र 'षडकोण' निर्माण हुने भएको छ । मिलन डी काप्रीको निर्देशनमा बन्ने चलचित्र मनोवैज्ञानिक रहस्य विधामा आधारित हुने आइतबार एक कार्यक्रमबिच जानकारी दिइयो । चलचित्रमा शिशिर वनेमको कथा पटकथा रहनेछ । चलचित्रमा कर्मा, भोलाराज सापकोटा, लोकेन्द्र लेखक लगायत कलाकारको भूमिका रहनेछ भने मुख्य नायिकाको खोजी भइरहेको निर्देशक काप्रीले बताए । 

नेपाली र जतपटमा पछिल्लो समय तीन चलचित्रलाई निकै प्रतीक्षित चलचित्रको रूपमा हेरिएको छ । ती हुन् नम्रता श्रेष्ठ स्टारर 'जाइरा' , श्वासतिमा खड्का र आर्यन सिग्देल स्टारर 'हजार जु नि सम्म' र द याहाङ राई स्टारर 'कबड्डी कबड्डी कबड्डी' । यी तीन चलचित्रका मुख्य कलाकार चलचित्रको प्रमोसन का क्रममा एक साथ भेटिएका हुन् । उसो त तीन नै एक दम मिल्ने साथी पनि हुन् । 

नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा

आगामी शुक्रवारबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘हजार जुनीसम्म’ टिम यति बेला प्रचारप्रसारको दौरानमा छ । यसैबिच चलचित्रका दुई मुख्य कलाकार सलोन बस्नेत र अखिलेस प्रधान चलचित्रको प्रचारप्रसारको क्रममा । विकास राज आचार्यले निर्देशन गरेको चलचित्रको सार्वजनिक गीतसङ्गीत र ट्रेलरले दर्शकको मन जितिरहेको छ । 

यस वर्षको गाईजात्रा नकिँदै छ । गाईजात्रा नेपाली कला क्षेत्रको लागी एक उत्सव नै मानिन्छ । हास्य व्यङ्ग्य मार्फत समाजका बेथिति र समस्यामाथि कटाक्ष गर्न र आफ्नो कलाले समाजलाई प्रति निधि गर्ने अवसर हो गाईजात्रा । यसैको अवसरमा हुने कार्यक्रमको घोषणा भएको छ । 

नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा

श्वेता खड्का सफल अभिनेत्री मात्र नभएर एक कुशल व्यापारी पनि हुन् । उनी चलचित्र क्षेत्रमा जति सफल छिन् उति नै सफल व्यवसायमा पनि छिन् । दरबामार्गको राइजिङ्ग मलमा उनको हिमालयन जाभा कफी सप छ । उनले सोमबारदेखि बालुवाटारमा पनि जाभाकै शाखाको सुरुवात गरेकी छिन् । नेपाली चलचित्र क्षेत्रका कलाकार लगायतको बाक्लो उपस्थितिमा सोमबार श्वेताको कफी सपको शुभारम्भ गरिएको थियो । 

नम्रता श्रेष्ठ स्टारर प्रतीक्षित चलचित्र 'जाइरा'को ट्रेलर सार्वजनिक भएको छ ।  बुधवार राजधानीमा एक कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरिएको हो । २ मिनेट २ सेकेन्ड लामो सार्वजनिक ट्रेलरमा चलचित्रका प्राय कलाकारलाई स्थान दिइएको छ । ट्रेलर सार्वजनिक कार्यक्रममा नम्रता निकै बोल्ड अवतारमा प्रस्तुत भएकी थिइन् । 

नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा

साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर चलचित्र ‘रातो टिका निधारमा’को पहिलो गीत सार्वजनिक भएको छ । ‘मेरो माया के हो’ बोलको रोमान्टिक गीतमा अभिनेत्री साम्राज्ञी  र नव अभिनेता अंकित शर्मा फिचर्ड छन् । गीत राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो । गीत सार्वजनिक कार्यक्रममा साम्राज्ञी हरियो सारीमा उपस्थित थिइन् उनी यो आवरणमा निकै खुलेकी थिइन् । चलचित्रलाई अशोक शर्माले निर्देशन गरेका हुन् । 

शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र 'साइनो'ले आयोजना गरेको विशेष सोमा उपस्थित अतिथि कलाकारले चलचित्र राम्रो भएको प्रतिक्रिया दिएका थिए ।  नेपालकी प्रथम अभिनेत्री भुवन चन्द थापाले निर्माण गरेको साइनो हेर्न विकास बोर्ड अध्यक्ष केशव भट्टराई, निर्देशक दिपश्री निरौला, सरोज खनाल, प्राविधिक सङ्घका अध्यक्ष पुष्कर लामा, नवल खड्का लगायत पुगेका थिए । साथमा मुख्य अतिथिका रूपमा उपस्थित नेपाल सरकारका रक्षा मन्त्री ईश्वर पोखरेल पनि उपस्थिति रहेको थियो । मन्त्री पोखरेलले ‘साइनो’ मन छुने मौलिक नेपाली कथामा निर्माण भएको बताएका छन् । 

नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा

नेपाली पत्रकारिताका एक परिचित हस्ती हुन् ॠषी धमला । उनै धमला पत्रकार मात्र नभएर सेलिब्रेटी समेत बनिसकेका छन् । यति बेला आफूलाई फिट र तन्दुरुस्त राख्नको लागी उनी जिम मा समय दिइरहेका छन् ।  

पछिल्लो समयका चर्चित र डिमान्डेड नायक हुन् अनमोल केसी यसै गरी अभिनेत्री प्रियंका कार्की पनि उस्तै चर्चित र व्यस्त कलाकार हुन् । यी दुवै कलाकार प्रियंका र अनमोल क्रमशः कोकाकोला र स्प्राइटको ब्रान्ड एम्बेसडर बनेका छन् । कोकाकोला र स्प्राइटले नयाँ प्याक लन्च गर्दै अनमोल र प्रियंकाको हातबाट कोकाकोला र स्प्राइटको जिग्री प्याक लन्च गर्‍यो । 

नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा