निर्माता छवि ओझाकी जेठी पत्नी हेमाले दिएको बहुविवाह मुद्दामा काठमाडौँ जिल्ला अदालतले छवि र शिल्पा विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । छवि र शिल्पाबिचको झगडा र शिल्पाको उजुरी हुँदै उनीहरूको विवाद बहु विवाहको मुद्दामा आइपुगेको छ । यसैबिच काठमाडौँ जिल्ला अदालतले बहुविवाह सम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेपछि उच्च अदालत हुँदै सर्वोच्चसम्म पुगेकी शिल्पालाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले तत्काल पक्राउ नगर्न आदेश दिएको छ । २०४१ सालमा हेमा ओझासँग पहिलो विवाह गरेका छवि र हेमा २०५१ सालदेखि अंशबण्डा गरेर छुट्टै छन् । उनीहरू छुट्टिएपछि छविले २०५७ सालमा रेखा थापासँग विवाह गरेका थिए । रेखासँगको सम्बन्ध पनि लामो समय टिक्न सकेन र २०७३ असार १९ गते छवि र रेखाको पारपाचुके भयो । यसै साल असार २९ गते छवि राज ओझाले शिल्पा पोखरेलसँग विवाह गरेका थिए ।

परम्परागत रूपमा यसरी भएको थियो छवि र शिल्पाको विवाह परम्परागत रूपमा यसरी भएको थियो छवि र शिल्पाको विवाह परम्परागत रूपमा यसरी भएको थियो छवि र शिल्पाको विवाह परम्परागत रूपमा यसरी भएको थियो छवि र शिल्पाको विवाह परम्परागत रूपमा यसरी भएको थियो छवि र शिल्पाको विवाह

मिडियामा छवि र शिल्पा दुवैले यो कुरा खोलेका त थिएनन् तर उनीहरूले विधिवत् रूपमा नै विवाह गरिसकेको गाइँगुइँ मिडियामा आइरहेको थियो । यसैबिच छवि र शिल्पाको विवादले कानुनी रूप लिएर अन्योल सृजना भइरहेका बेला विधिवत् रूपमा नै पारिवारिक सदस्य र अति निकट व्यक्तिको उपस्थितिमा  उनीहरूले विवाह गरेको तस्बिर सार्वजनिक भएको छ । 
 

परम्परागत रूपमा यसरी भएको थियो छवि र शिल्पाको विवाह परम्परागत रूपमा यसरी भएको थियो छवि र शिल्पाको विवाह परम्परागत रूपमा यसरी भएको थियो छवि र शिल्पाको विवाह परम्परागत रूपमा यसरी भएको थियो छवि र शिल्पाको विवाह

तस्बिर: सबस्त इन्टरटेन्ट्मेन्ट