आगामी मङ्सिर ६ गतेबाट प्रदर्शनमा आउने चलचित्र 'च च हुई’ मा आर्यन सिग्देल र मिरुना मगरले पहिलो पटक स्क्रिन साझेदारी गर्दै छन् । साम्तेन भुटियाको निर्देशनमा निर्माण भइरहेको यस चलचित्रको एक गीतको छायाङ्कनको लागी निर्माण युनिट यति बेला मुस्ताङमा छ । छायाङ्कन भइरहेको गीतको केही तस्बिर निर्माण पक्षले सार्वजनिक गरेको छ जसमा आर्यन र मिरुना प्रेममा मग्न देखिन्छन् ।

मुस्ताङमा आर्यन र मिरुनाको रोमान्स मुस्ताङमा आर्यन र मिरुनाको रोमान्स मुस्ताङमा आर्यन र मिरुनाको रोमान्स

शिशिर खातीको कोरियोग्राफी रहेको गीत छायाङ्कन गर्न एक हप्ता लागेको बताइएको छ भने गीत केही दिनमा सार्वजनिक गर्ने तयारीमा पनि भइरहेको छ । रोमान्टिक कमेडी जनरामा निर्माण हुने यस चलचित्रमा आर्यन रोमान्टिक र कमेडी दुवै भूमिकामा देखिने छन् । फरक धारका चलचित्र निर्माण गर्ने भनेर चिनिएका निर्देशक साम्तेन भुटियाले यस पटक आफूले कमर्सियल चलचित्रमा हात हालेको तर चलचित्र राम्रो बनाउन हर सम्भव प्रयास गरेको बताउँछन् ।

मुस्ताङमा आर्यन र मिरुनाको रोमान्स मुस्ताङमा आर्यन र मिरुनाको रोमान्स

एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घोले लामाले निर्माण गरेको यस चलचित्रमा भोलाराज सापकोटा, पुष्कर गुरुङ, बबिता मल्ललगायतको पनि अभिनय रहेको छ । पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् भने सुशन प्रजापतिले खिचेका हुन् ।  ​​​​​​​