सदाबहार अभिनेत्री रेखा थापाले बिहीबार नजिकका साथी लगायत केही कलाकारहरूको उपस्थितिमा जन्मदिन मनाइन् । करिब डेढ दशकयता नेपाली चलचित्र क्षेत्रमा अभिनय देखी निर्माता निर्देशक बनेर निरन्तर अगाडी बढिरहेकी दर्शकले अत्यन्त रुचाएकी अभिनेत्री थापाको जन्मदिन बालुवाटार स्थित श्वेता खड्काको कफी सप (हिमालयन जाभा)मा  मनाइएको हो ।

रेखाको जन्मदिनमा नायिकाहरुको मस्ती रेखाको जन्मदिनमा नायिकाहरुको मस्ती

उनलाई जन्मदिनको शुभकामना दिन उनका समकक्षी कलाकार, नजिकका साथी तथा केही मिडिया कर्मी उपस्थित थिए । अभिनेत्री हरू पूजा शर्मा, ॠचा शर्मा, दीपा श्री निरौला, श्वेता खड्का लगायत रेखाको नयाँ चलचित्रकी निर्देशक रेनेशा बान्तवा राई र प्रकाश सपुत पनि उपस्थित थिए ।  जन्मदिन मनाउनुका साथै उपस्थित नायिकाहरू निकै रमाइलो मुडमा थिए भने रेखाको प्रशंसा गरेरै थाकेनन् ।

रेखाको जन्मदिनमा नायिकाहरुको मस्ती

अभिनेत्री , निर्मात्री निर्देशक दीपाश्री निरौलाले शिव भक्त रेखाको लागी रुद्राक्षको माला उपहार दिएर माहौल रमाइलो बनाइन् ।