यस वर्षको बहुप्रतीक्षित चलचित्र ‘प्रेमगीत ३’ को शीर्ष गीत रेकर्ड गरिएको छ । निर्माण अगावै कलाकार छनौट र अन्य प्राविधिक कामको सिलसिलाबाट नै चर्चामा आएको यस चलचित्रको शीर्ष गीत ठुलो खर्चमा रेकर्ड भएको हो । शनिवार फिल्मको गीत रेडियो नेपालको भव्य सभा हलमा रेकर्ड गराइएको छ । गीतमा चलचित्रका प्रमुख भूमिकामा अभिनय गर्न लागेका कलाकारहरूको पनि कोरस गायन छ ।

'प्रेमगीत ३'का कलाकारको कोरस गायन समेटिएको शिर्ष गीत रेकर्ड 'प्रेमगीत ३'का कलाकारको कोरस गायन समेटिएको शिर्ष गीत रेकर्ड

प्रदीप खड्का, नव-अभिनेत्री क्रिस्टिना गुरुङ, निर्माता सन्तोष सेन, नव-अभिनेता मनिष राउत, अभिनेता शिव श्रेष्ठ, बाल कलाकार अनुभव रेग्मीलगायतले गीतको कोरसमा आवाज दिएका हुन् । ठुलो समूहमा बाध्य बाधकको सहकार्यमा लाइभ बाजागाजासहित गीत रेकर्ड गराइएको निर्देशक सन्तोष सेनले बताएका छन् । प्रताप दास र प्रविशा अधिकारीको स्वर रहेको गीत उत्कृष्ट बनाउन सम्भव भएसम्म प्रयास गरेको र गीतले चलचित्रको मर्म समेत बोकेको उनले थपेका छन् । नेपाल आर्मीबाट अर्केस्ट्रा बजाउने र गुम्बाबाट मन्त्र वाचन गर्ने लामा गुरुहरू समेत ल्याएर गीत रेकर्ड गरिएको छ ।

'प्रेमगीत ३'का कलाकारको कोरस गायन समेटिएको शिर्ष गीत रेकर्ड 'प्रेमगीत ३'का कलाकारको कोरस गायन समेटिएको शिर्ष गीत रेकर्ड

दसैँपछि फिल्मको छायाङ्कन सुरु हुँदैछ भने चाँडै निर्माण टिम पत्रकार सम्मेलन गरेर अभिनेता प्रदीपको क्यारेक्टर पोस्टर सार्वजनिक गर्दैछ । चलचित्रलाई सेन र छेतेन गुरुङले निर्देशन गर्दै छन् । चलचित्रमा अभिनेता प्रदीपसँग कृस्टिनाले रोमान्स गर्नेछिन् । चलचित्र आगामी चैत २८ गते प्रदर्शनमा आउनेछ । ​​​​​​​