केही समय यता अभिनयको दुनियाँबाट केही टाढा रहेका महानायक राजेश हमाल आज पनि उत्तिकै फुर्तिला अनि जाँगरिला देखिन्छन् । आफ्नो स्वास्थ्य र शरीरलाई सन्तुलन राख्न उनी नियमित जिम लगायत खानपानमा निकै सजक रहने गर्छन् । उनको जीवन शैलीबाट प्रेरित नहुने सायदै कोही होलान् । आज पनि चलचित्र वृत्तमा उनको पर्सनालिटी र फुर्तीको चर्चा हुने गर्छ । बेलाबेला हमाल आफ्नू यो उमेरमा पनि यती तन्दुरुस्त हुनुको राज पनि खोल्ने गर्छन् ।

थाइल्यान्डमा सुगठित महानायक हमाल थाइल्यान्डमा सुगठित महानायक हमाल थाइल्यान्डमा सुगठित महानायक हमाल

यिनै सदाबहार अनि फिट महानायक यति बेला थाइल्यान्डमा छन् । थाइल्यान्ड भ्रमणमा रहेका राजेश हमालले आफ्नो सुगठित शरीर सहितको केही तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सेयर गरेका छन् । तस्बिरमा उनी निकै उर्जावान र सुगठित देखिएका छन् ।  

थाइल्यान्डमा सुगठित महानायक हमाल थाइल्यान्डमा सुगठित महानायक हमाल थाइल्यान्डमा सुगठित महानायक हमाल