आगामी मङ्सिर ६ गते बाट प्रदर्शनमा आउने तयारी गरिरहेको चलचित्र ‘च च हुई’ को यति बेला प्रचार प्रसारको तयारीमा जुटिरहेको छ । चलचित्रकी नायिका मिरुना पनि यतिबेला प्रचारप्रसारमा लागिपरेकी छिन् । यस चलचित्रका मुख्य अभिनेता आर्यन सिग्देलको करियरको लागी चलचित्र निकै महत्त्वको रूपमा लिइएको छ ।

तस्बिरमा 'च च हुई' नायिका मिरुना तस्बिरमा 'च च हुई' नायिका मिरुना तस्बिरमा 'च च हुई' नायिका मिरुना

चलचित्रकी नायिका मिरुना मगरको लागी पनि चलचित्रले निकै महत्त्व बोकेको छ । साम्तेन भुटिया निर्देशित ‘च च हुई’ मा आर्यन ‘प्रेम’ को भूमिकामा छन्, जो हङकङ रिर्टन्स हुन् र उनको प्रेमिकाको भूमिकामा अभिनेत्री मिरुना छिन् । रोमान्टिक-कमेडी जनरामा निर्माण भएको यस चलचित्रको ट्रेलर र गीतसङ्गीत सार्वजनिक भैसकेको छ । जसलाई दर्शकले राम्रो प्रतिक्रिया दिइरहेका छन् । चलचित्रमा आर्यन र मिरुनाका साथमा भोलाराज सापकोटा , माओत्से गुरुङ, पुष्कर गुरुङ, बबिता मल्ललगायतको अभिनय रहेको छ ।

तस्बिरमा 'च च हुई' नायिका मिरुना तस्बिरमा 'च च हुई' नायिका मिरुना

एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घोले लामाले निर्माण गरेका हुन् । यसै गरी चलचित्रमा सुशन प्रजापतिको छायाङ्कन, सिजन दाहाल र सन्देश अर्यालको पटकथा, राजनराज सिवाकोटी , सुरज शाही ठकुरी र रोशन थापाको सङ्गीत रहेको छ । ‘च च हुई’ आगामी मङ्सिर ६ गतेबाट प्रदर्शनमा आउने छ ।  

तस्बिरमा 'च च हुई' नायिका मिरुना तस्बिरमा 'च च हुई' नायिका मिरुना