गीतकार कालीप्रसाद रिजालको रचना तथा सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत रहेको आधुनिक गीति सङ्ग्रह ‘उदास जवानी’ सार्वजनिक भएको छ । निशा देशारको स्वर रहेको ‘मै छोरीलाई गर्भमा नै...’ बोलको गीत इन्टरनेटमा भिडियो सहित सार्वजनिक गरिएको छ । सार्वजनिक म्युजिक भिडियोमा सृजना श्रेष्ठ, सफलता श्रेष्ठ, नारायणी उप्रेती, प्रदीप रिजाल र लक्ष्मी रिजालले अभिनय गरेका छन् । एल्बममा पाँच गीत समावेश छन् । शिशिर योगी, मनोज राज, निशा देशार, राज सागर, रीता केसी र साहिमा श्रेष्ठको स्वर एल्बममा समेटिएको छ ।

राजधानीमा एक कार्यक्रम आयोजना गरी लोकार्पण गरिएको गीति सङ्ग्रहको बारेमा बोल्दै वरिष्ठ गीतकार एवम् चलचित्र निर्देशक यादव खरेलले कालीप्रसाद रिजाल आफैमा राम्रो गीतकार रहेको भन्दै ‘उदास जवानी’मा रहेका गीतहरू उत्कृष्ट भएको बताए । उनले सन्तोष श्रेष्ठले गीतमा दिएको सङ्गीतको प्रशंसा समेत गरेका थिए ।