सुनिल गुरुङको निर्देशनमा निर्माण बनेको चलचित्र 'माछा माछा'को आइटम गीत सार्वजनिक गरिएको छ । अनुपम शर्माको सङ्गीत र स्वरमा रहेको 'म्याडम म्याडम' बोलको गीतमा अभिनेत्री सृष्टि श्रेष्ठ आइटम गर्लको रुपमा फिचर्ड छिन् । प्रवीण सिंहको कोरियोग्राफीमा सृष्टिसँगै अभिनेता सौगात मल्लले कम्मर मर्काएका छन् । गीतमा विजय बराल र अनोज पाण्डे पनि फिचर्ड छन् । गीत सार्वजनिक सँगै चलचित्रको रिलिज डेट पनि फेरिएको छ । योसँगै मङ्सिर २९मा रिलिज हुने भनिएको चलचित्र अब २० मै रिलिज हुनेछ । चर्चित र सफल चलचित्र 'कबड्डी'को मेकर्सले निर्माण गरेको चलचित्रले तीन जना गाउँले युवकहरूले सहरिया जीवन स्थापित गर्न लागिपरेको सङ्घर्षको कथा चलचित्रले प्रस्तुत गरेको छ ।

चलचित्रमा सौगात मल्ल, नम्रता श्रेष्ठ, विजय बराल, अनोज पाण्डे, माओत्से गुरुङ, प्रवीण खतिवडा, सरिता गिरि, भोलाराज सापकोटा, पुष्कर गुरुङ, कमल मनी नेपाल, ध्रुव कोइराला, वसन्त भट्टलगायत कलाकारको अभिनय रहेको छ । राम बाबु गुरुङ र  दयाहाङ राईको लगानीमा निर्माण भएको चलचित्र सिनेमा आर्ट र नौमती इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । चलचित्रमा अनुपम शर्माको सङ्गीत, निमेष श्रेष्ठको सम्पादन र प्रवीण सिंहको कोरियोग्राफी छ । यसै गरी चलचित्रलाई शिवराम श्रेष्ठले खिचेका हुन् ।