शुक्रवारबाट चलचित्र धनपति प्रदर्शन भएको छ । दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्र प्रदर्शन हुनु एक दिन अगाडी बिहीबार प्रिमियर सो आयोजना गरिएको थियो । चलचित्रले प्रिमियरबाट राम्रो प्रतिक्रिया बटुले संगै शुक्रबारे ब्यापार पनि निकै उत्साहजनक गरेको छ । यता प्रिमियरमा भने चलचित्र हेर्नलाई विभिन्न क्षेत्रका व्यक्तित्वको उल्लेख्निय उपस्थिति रह्यो । पशुपति प्रसादले पाएको सफलता पछि उही टिमले मिलेर चलचित्र धनपति निर्माण गरेका हुन् । खगेन्द्र लामिछानेको कथा रहेको धनपतिमा लामिछाने स्वयम मुख्य भूमिकामा रहेका छन् । उनलाई नायिका सुरक्षा पन्तले साथ दिएकी छिन् ।

 

धनपति हेरिसके पश्चात् चलचित्र टिमले प्रशंसा बटुलेकोमा निर्देशक खनाल दङ्ग देखिन्थे ।'डर थियो मलाई किनभने धनपति भन्ने साथ पशुपति प्रसाद जोडिन्छ । किनभने पशुपति प्रसादको टिमले नै यो चलचित्रलाई बनाएको हो । अनि दर्शकले धनपति भन्दा पशुपति प्रसाद राम्रो थियो भन्दा म फेल हुन्छु जस्तो भएको थियो । तर आज चलचित्र हेरिसके पछि सबैले पशुपति प्रसादलाई बिर्सिएको देखेर सफल भएको जस्तो लाग्छ।' निर्देशक खनाल बताउछन् । यस्तै आफूहरूले उठाएको काथ र गरेको कामे अनुसार दर्शकले साथ दिनेमा ढुक्क भएको लेखक तथा अभिनेता खगेन्द्रले बताए ।