'मिस नेपाल वर्ल्ड’ अनुष्का श्रेष्ठ ‘मिस वर्ल्ड २०१९ ’ मा सहभागी हुन बेलायत पुगिसकेकी छिन् । डिसेम्बर १४ मा आयोजना हुने ‘मिस वर्ल्ड’ अनुष्काले नेपालको राम्रो र सम्मानजनक रूपमा प्रतिनिधित्व गर्नेमा सबैले आशा राखेका छन् । अहिले ‘मिस वर्ल्ड’को लागि भोटिङ चलिरहेको छ । विभिन्न देशका सुन्दरीहरु आफ्नो भोट बढाइरहेका छन् । यस्तैमा नेपालको प्रतिनिधी गरिरहेकी अनुष्का श्रेष्ठ भोटिङको दोस्रो स्थानमा छिन् । पहिलो स्थानमा भियतनामकी लोअङ थुय लिंह रहेकी छिन् । नेपाल पछी बङ्गलादेशकी रफह तेर्सा रहेकी छिन् । अन्य देशका प्रतिस्पर्धीहरु भोटमा धेरै नै पछि छन् । तर, अनुष्कालाई भोटिङमा दोश्रो स्थानमा रहेर मात्र पुग्दैन । भोटिङमा पहिलो स्थानमा रहने सुन्दरी उत्कृष्ट २० मा सोझै पुग्नेछिन् । सर्वाधिक भोट ल्याउने सुन्दरीले ‘मल्टिमिडिया अवार्ड’ जित्नेछिन्, जसलाई उनलाई उत्कृष्ट २० मा सोझै पुर्याउनेछ ।