चलचित्र ‘चालबाज’को आज दार्जिलिङको मिरिकमा शुभ साइत गरिएको छ । सौरभ इन्भेस्टमेन्ट र बालाली प्रोडक्शनको ब्यानरमा निर्माण हुने चलचित्र को छायाङ्कन भोलिदेखि सुरु हुने भनिएको छ । कैलाश राईले निर्देशन गर्ने चलचित्रलाई अरुण तामाङले निर्माण गर्दै छन् । चलचित्रमा नायिका केकी अधिकारी, कलाकार बुद्धी तामाङको साथमा नव–कलाकार अविनाश प्रधानको मुख्य भूमिका रहनेछ । साथमा उनीहरूसँगै महेन्द्र बागदास, चाँदनी प्रधान, सान्तिला तामाङको पनि अभिनय रहने छ । चलचित्रमा सौरभ लामाको छायाङ्कन, कमल राई र रामजी लामिछानेको नृत्य निर्देशन, दीपक शर्मा र अगोम गुरुङको सङ्गीत, विपिन किरणको शब्द रहनेछ । चलचित्रका प्रोडक्शन म्यानेजर सुदिप ढकाल हुन् । चलचित्र सस्पेन्स लभ स्टोरी कथामा निर्माण हुने निर्माण पक्षले जानकारी दिएको छ ।