अभिनेता दयाहाङ राई र वर्षा सिवाकोटी ’डबल सी’ नामक भिटामिन जुसको ब्रान्ड एम्बासडर नियुक्त भएका छन् । शनिवार एक कार्यक्रमका बिच उनीहरूले आधिकारिक रूपमा एम्बासडर को रूपमा अनुबन्धित भएका हुन् । कार्यक्रममा बोल्दै उनले, 'स्वास्थ्य रहन मानिस सजग रहनु पर्ने , आफू पनि कामको व्यस्तताले दैनिकमा स्वास्थ्य रहन अपाउनु पर्ने केही सजगता बाध्यताका कारण अपनाउन नसकेको बताए । हामीलाई थाहा छ यस्तो गर्नु पर्छ भन्ने तर हामीले त्यसलाई लागु गर्न सकिरहेका छैनौ’ बताएका छन् । उनले शरीरलाई चाहिने भिटामिन सी केही हदसम्म ’डबल सी’ले पुरा गर्नेमा आफू आशावादी रहेको बताएका छन् ।

उनले आफू यसमा सहभागी हुनु अगाडी सम्पूर्ण कुरा बुझेको समेत बताए । यसको मापदण्ड र अन्य सबै फाइदा तथा बेफाइदाको बारेमा बुझेर मात्र ब्रान्ड एम्बासडर बन्ने सहमति दिएको उनले स्पष्ट पारेका छन् । यसै गरी अभिनेत्री वर्षा सिवाकोटीले पनि यसले ड्रिंक्सको काम त गर्छ नै साथै हाम्रो हेल्थलाई पनि सपोर्ट गरिरहेको हुन्छ’भनेकी छिन् । उनले काम औषधिको झैँ गरेता पनि टेस्ट अन्य ड्रिंक्स झैँ भएकाले सबैलाई मन पर्ने विश्वास व्यक्त गरिन् । सोमबारबाट बजारमा उपलब्ध हुने ’डबल सी’ जसलाई दया र वर्षाले विभिन्न मध्यमबाट प्रवर्धन गर्नेछन् ।