आगामी चैत २८ गते देशव्यापी रूपमा प्रदर्शनमा आउने चलचित्र ‘प्रेमगीत ३’ को यति बेला मनाङमा छायाङ्कन भइरहेको छ । यति बेला मनाङमा चिसो अत्यधिक मात्रामा बढेको छ । छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरिरहेको चलचित्रको काम माइनस २६ डिग्री सेल्सियसमा पनि निकै उत्साहजनक रूपमा भइरहेको छ । हिउँ परिरहेको बेलामा छायाङ्कन गर्नुपर्ने दृश्य भएकाले छायाङ्कनमा केही कठिनाइ भए पनि काम भइरहेको सन्तोष सेनले बताएका छन् । उनका अनुसार अगाडी कुनै अप्ठेरो नआएमा लगभग अबको १०-१५ दिन भित्रमा सम्पूर्ण छायाङ्कन सकिनेछ ।

मनाङमा हिउँ र माइनस २६ डिग्री सेल्सियसमा ‘प्रेमगीत ३’को चटारो मनाङमा हिउँ र माइनस २६ डिग्री सेल्सियसमा ‘प्रेमगीत ३’को चटारो मनाङमा हिउँ र माइनस २६ डिग्री सेल्सियसमा ‘प्रेमगीत ३’को चटारो

चलचित्रको छायाङ्कन सकिए लगतै प्रचारमा निस्कने उनले थपे । चलचित्रको हिउँ पर्दा छायाङ्कन गरिएका केही तस्बिर सार्वजनिक गरिएको छ जसमा कलाकार र प्राविधिक टिम मौसमको कठिनाइ बावजुत पनि लगातार काम गरिरहेको देख्न सकिन्छ । डेढ सय वर्ष अगाडिको कथा समेटिएको चलचित्रमा शिवले प्रदीप खड्का र नव-अभिनेता मनिष राउतको पिताको भूमिका निभाएका छन् ।

मनाङमा हिउँ र माइनस २६ डिग्री सेल्सियसमा ‘प्रेमगीत ३’को चटारो मनाङमा हिउँ र माइनस २६ डिग्री सेल्सियसमा ‘प्रेमगीत ३’को चटारो मनाङमा हिउँ र माइनस २६ डिग्री सेल्सियसमा ‘प्रेमगीत ३’को चटारो

चलचित्रमा नव-अभिनेत्री क्रिस्टिना गुरुङ, प्रेम पुरी, लक्ष्मी बर्देवा, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुष्कर कार्की, अनुभव रेग्मी, संवृद्धि शाही ठकुरीलगायतका कलाकारहरूको पनि अभिनय रहनेछ । आसुशेन फिल्मस् प्रोडक्सनको प्रस्तुति यस चलचित्रमा कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको छ भने राजेश श्रेष्ठले डिओपी, हिमाल केसीले एक्सन, कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।