काठमाडौँ , २६ असार । बलिउडकी चर्चित कलाकार अल्का कौशललाई दुई वर्षको जेल सजाय हुने भएको छ । कौशल र उनकी आमालाई पञ्जाबको एक अदालतल चेक बाउन्सका विषयमा परेको निवेदनमा दुवैलाई दोषी ठर्हयाउँदै दुई वर्षको जेल सजाय सुनाएको हो । सलमान खानको फिल्म ‘बजरंगी भाइजान’ मा करिना कपुरको आमाको भूमिकामा देखिएकी अल्काले ‘कबुल हे’, ‘स्वर्गिनी’ र ‘कुमकुम’ जस्ता सिरियलमा काम गरिसकेकी छिन् ।

अल्काले आफ्नो आमासँग मिलेर  लांग्रियन गाउँका एक किसानसँग ५० लाख ऋण लिएका थिए । उक्त पैसा उनीहरूले दुईवटा २५ र २५ लाख रुपैंयाँका चेक दिएको र चेक बाउन्स भइसकेको पछि किसानले अदालत पुगेका थिए । अदालतमा अल्का र उनकी आमा आफूहरू धरौटीमा रिहा हुने आसले पुगे पनि अदालतले उनीहरूलाई तुरुन्तै जेल सजाय सुनाएको थियो । उनीहरू हाल सांगरुर जेलमा छन् ।