बलिउड अभिनेता तथा एक्सन स्टार टाइगर श्रफ नयाँ चलचित्र ‘बागी ३’ को छायाङ्कनमा व्यस्त छन् । अघिल्ला दुई सिरिजमा पनि मुख्य भूमिका निभाएका टाइगर श्रफ यस सिरिजमा अभिनेत्री श्रद्धा कपुरसँग स्क्रिन सेयर गर्दै छन् । यसै बिच बलिउडमा एक खबर सार्वजनिक भइरहेको छ । चलचित्रको दोस्रो सिरिजमा मुख्य भूमिकामा रहेकी अभिनेत्री दिशा पटानीले नै अभिनय गरेको बताइएको छ । निर्माता साजिद नाडियडवालाले पनि आफ्नो ट्विटरमार्फत दिशा पनि यसै फिल्ममा रहेको जानकारी गराएका हुन् । बागीको पहिलो भागमा अभिनेत्रीको भूमिकामा श्रद्धा कपुर थिइन् । त्यस्तै बागीको दोस्रो भागमा दिशा पटानी खेलेकी थिइन् । हमद खानले निर्देशन गर्ने फिल्म ‘बागी ३’ सन् २०२० को  मार्चमा रिलिज हुने  छ ।