विपिन कार्की स्टारर चलचित्र 'सेल्फी किंङ'को ट्रेलर रिलिज भएको छ । सार्वजनिक ट्रेलरमा दुनियाँ हँसाउने हास्य कलाकारको दुखद भोगाइ प्रस्तुत गरिएको छ । माघ २४ गते रिलिज हुने सिनेमालाई विशाल सापकोटाले निर्देशन गरेका हुन् । सार्वजनिक ट्रेलर इमोसनल रहेको छ । एक चर्चित टेलिभिजन हास्य कलाकारको कथा रहेकोको चलचित्रमा अभिनेता विपिन कार्की ‘सेल्फी किङ’ को उपनामले परिचित हास्य कलाकारको भूमिकामा छन् । आफ्नो प्रस्तुति दिन जाने क्रममा ‘सेल्फी किङ’को जीवनमा आउने उतार-चढावको कथा ट्रेलरमा देखाइएको छ । ट्रेलरमा प्रस्तुत गरिएका डाइलग र परी स्थिति निकै मन छुने खालको छ । ट्रेलरमा विपिनले एक वाक्य बोलेका छन् जसले एउटा कलाकारको पिडा र यथार्थ बताउँछ । उनि भन्छन्, ' एउटा खलासी बन्न जती पढ्नु पर्छ उति नै पढाइ कलाकार बन्न चाहिन्छ' ।

चलचित्र आगामी माघ २४ मा अल नेपाल प्रदर्शनमा आउने छ । चलचित्रमा विपिनका अलावा चलचित्रमा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, सविन बास्तोला, कमल देवकोटा, राजेश बिसुरालगायतका कलाकारको अभिनय रहने छ भने अभिनेत्री केकी अधिकारी विशेष भूमिकामा देखिने छिन । चलचित्र ‘प्रसाद’ का निर्माता सुभाष थापा र सोही चलचित्रका निर्देशक दिनेश राउतले संयुक्त रूपमा निर्माण गरेको चलचित्रमा निर्देशक विशालकै लेखन, सुसन प्रजापतिको छायाङ्कन, जीवन थापाको सम्पादन रहेको छ ।