डेब्यु चलचित्र ‘होस्टेल रिटर्न्स’बाट नै चर्चामा आएका कलाकार नाजिर हुसेन पछिल्लो समय चलचित्रको पर्दा भन्दा केही पर छन् । उनी अभिनीत चलचित्रले सोचे अनुसारको सफलता हात नपारेपछि उनी म्युजिक भिडियोमा बढी देखिन थालेका छन् । बिहीबार उनी फिचर्ड नयाँ गीत सार्वजनिक भएको छ । ' प्रेम गर्ने जन्तर' बोलको गीत डिजिटल नेपाल नामक युट्युब च्यानल बाट सार्वजनिक भएको छ । दीपक महर्जनको स्वर रहेको गीत को शब्द र सङ्गीतको सिर्जना किरण पहाडीले गरेका छन् । गीतको भिडियोमा नाजिरका साथ तालमा ताल मिलाई सरुसा महर्जनले कम्मर मर्काएकी छिन् । यस पटक नाजिर नव मोडल सरुसाकै पछि प्रेम पार्ने जन्तर सहित लागि परेका छन् । भिडियोको सङ्गीत र शब्दको लोक फ्लेवर र गीतको कोरियोग्राफी आकर्षक छ ।  साथमा नाजिरको बेजोड अभिनय र नृत्य त छँदै छ । भिडियोमा कोरियोग्राफी महेन्द्र निरौला र ब्रिहस्मन सुनुवारको रहेको छ । रोशन श्रेष्ठको निर्देशनमा तयार भएको यस गीत हरि घले मगरले खिचेका हुन् भने सम्पादन सुरेश बाडेले गरेका हुन् ।