पूजा शर्मा र पल शाहको मुख्य भूमिका रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ गीत सार्वजनिक भएको छ । 'दुखको काँडा' बोल रहेको गीतमा ‘द भ्वाइस अफ नेपाल’ दोस्रो सिजनका प्रतिस्पर्धी सनिश श्रेष्ठले आवाज दिएका छन् । गीतमा अर्जुन पोखरेलले सङ्गीत रहेको छ भने देवल भण्डारीको शब्द रहेको छ । गीतलाई महाराज थापाले एरेन्ज गरेका हुन् भने साजन शाहले मिक्सिङ गरेका हुन् । सार्वजनिक गीतको अडियो तथा भिडियो निकै सशक्त रहेको छ भने गीतले प्रेम र साथको भाव बोकेको छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार पल शाह र पूजा शर्माको प्रेम देखाइएको छ । सुदर्शन थापा र पूजा शर्मा निर्माता रहेको ‘म यस्तो गीत गाउँछु २’ फागुन २३ मा रिलिज हुनेछ । साङ्गीतिक प्रेमकथामा आधारित रहने यस चलचित्रमा  दिनेश डिसी, हरिहर शर्मालगायतका कलाकारको पनि अभिनय रहने छ ।