चलचित्र ‘इन्काउन्टर’को गीत ‘बारूली बारूली’ सार्वजनिक भएको छ । शुक्रवार एक कार्यक्रमबिच चलचित्रको आइटम गीत सार्वजनिक गरिएको हो । गीतमा मीना निरौलाको स्वर रहेको छ भने सूर्यकमल राईको सङ्गीत रहेको छ । ‘बारूली बारूली’ नारायण नेपाल रचना गरेका हुन् । सार्वजनिक गीतको भिडियोमा मीना निरौला, छुल्ठिम, गुरुङ, दिनेश डिसी, र सबिन श्रेष्ठ फिचर्ड छन् । गीतको नृत्य निर्देशन सैमन राजवंशीले गरेका हुन् । गीत सार्वजनिक कार्यक्रममा चलचित्रका कार्यकारी निर्माता कुमारप्रसाद ओझाले चलचित्र इन्काउन्टर नेपाली चलचित्र क्षेत्रका लागि नयाँ प्रयोग हुने जानकारी दिएका छन् । उनी भन्छन्, चलचित्रको लागी नवीनतम सन्देश र सङ्कल्पसहितको फिल्म निर्माणमा हाम्रो टिम लागिपरेको छ' । चलचित्रलाई निर्देशन नरेन्द्र भट्टराई (एनबी अञ्जान)ले गरेका हुन् । चलचित्रमा कथा पनि उनकै रहेको छ ।