काठमाडौँ, २९ असार । बलिउडकी चर्चित नायिका प्रियंका चोपडा यति बेला न्यूयोर्कमा छिन् । उनी अभिनित हलिउड चलचित्र ‘वेवाच’ केही समय अघि रिलिज भएको थियो । ‘वेवाच’ पछि हाल हलिउडको नयाँ चलचित्रमा काम गरिरहेकी प्रियंकालाई मङ्गलवार न्युयोर्कको सेन्ट्रल पार्कमा फरक अवस्थामा देखा परेकी थिइन् ।

चलचित्रकै सुटिङ भइरहेको क्रममा मिडियाको क्यामेरामा कैद भएका केही तस्बिरहरू यति बेला समाजिक सञ्जालमा भाइरल बनेका छन् । उक्त तस्बिरमा हलिउडका स्टार एडाम डिभाइनले पछाडिबाट चक्कु हान्न लागेको तस्बिर रहेको छ । एडाम र प्रियंका यति बेला नयाँ चलचित्रको सुटिङ गरिरहेका छन् ।