‘द भ्वाइस अफ नेपाल सिजन २’ का प्रतियोगीहरूलाई लिएर विश्वव्यापी साङ्गीतिक यात्रा हुने भएको छ । ‘ब्लु बर्ड इन्टरनेशनल इभेन्ट प्रलि’ले ‘भिजिट नेपाल २०२०’ लाई सहयोग पुर्‍याउने उद्देश्य सहित यो संस्थाले साङ्गीतिक यात्रा आयोजना गर्न लागेको हो ।  कार्यक्रमका लागि ‘द भ्वाइसका विजेता राम लिम्बुको साथमा सनिष श्रेष्ठ, आरिफ राउफ, यांकी याल्मो, अन्जु राना मगर लगायत विश्वव्यापी कार्यक्रममा निस्किने छन् ।

‘द भ्वाइस’का प्रतिष्पर्धिको सांगीतिक यात्रा सुरु हुँदै ‘द भ्वाइस’का प्रतिष्पर्धिको सांगीतिक यात्रा सुरु हुँदै

मार्च ६ तारिखमा बेलायतबाट सुरु हुने कार्यक्रम मार्च २३ तारिखसम्म बेलायतका विभिन्न ९ सहरमा हुनेछ । बेलायतको कार्यक्रममा भने आरिफ छुट्ने छन् । बेलायत पछि  टिम युरोप पुग्नेछ र मार्च २७ देखि अप्रिल १९ सम्म युरोपका विभिन्न सहरहरूमा कार्यक्रम आयोजना गर्ने छ । यसै गरी अप्रिलको तेस्रो साता इजरायलमा एक कार्यक्रम हुनेछ । युरोप र इजरायल यात्रामा प्रतिस्पर्धी अन्जु राना मगर सहभागी हुनेछैनन् । यसका साथै क्यानडाका विभिन्न ४ सहरहरूमा राम, सनिष, आरिफ र यांकी सुनिनेछन् ।

 ‘द भ्वाइस अफ नेपाल सिजन २’को उत्कृष्ट ४ मा पुगेका विकास लिम्बु भने यो यात्रामा सहभागी हुने छैनन् । आन्तरिक समस्याका कारण विकास टिममा नभएको निर्देशक लक्ष्मण पौड्यालले जानकारी दिए । आयोजक संस्थाका अध्यक्ष रोशन पराजुलीका अनुसार कार्यक्रमहरूबाट आएको केही रकम चाबहिल स्थित ‘स्नेहा आश्रममा’ सहयोग गरिने छ । कार्यक्रमको उद्घोषण सुशील नेपालले गर्नेछन् । ​​​​​​​

‘द भ्वाइस’का प्रतिष्पर्धिको सांगीतिक यात्रा सुरु हुँदै ‘द भ्वाइस’का प्रतिष्पर्धिको सांगीतिक यात्रा सुरु हुँदै