अजय देवगनको १०० औँ फिल्म ‘तान्हाजी’ १०० करोड क्लब नजिक पुगेको छ । गत शुक्रवार बाट प्रदर्शनमा आएको यस चलचित्र निकै चर्चा छ । रिलिजको दिन देखी नै राम्रो प्रतिक्रिया पाएको चलचित्रलाई दर्शकले मन पराइरहेका छन् । १५ करोड २० लाख भारुको ओपनिङ गरेको चलचित्रले मङ्गलवारसम्म आइपुग्दा ९० करोड ९६ लाखको व्यापार गरिसकेको छ । बुधवारसम्म यस ‘तान्हाजी’ करोड क्लबमा प्रवेश गर्ने पक्का छ । दीपिका पादुकोणको मुख्य अभिनय रहेको बलिउड चलचित्र ‘छपाक’सँगै मैदानमा उत्रेको चलचित्रले ‘तान्हाजी’ले छपाकलाई निकै पछि छाडेको छ । केही दिनअघि दीपिका जवाहरलाल नेहरु विश्वविद्यालय पुगेर भाजपा समर्थित नकाबधारीहरूको आक्रमणमा परेर घाइते भएका विद्यार्थीहरूसँग भेट गरेपछि भाजपा कार्यकर्ता सामाजिक सञ्जालमा ‘बायकट छपाक’ ह्यासट्याग चलाएका थिए । दीपिका जेएनयु गएको विषयलाई भाजपाका नेता कार्यकर्ताले प्रतिष्ठाको विषय बनाएर ‘छपाक’ बहिष्कारका लागि आह्वान गरेपछि बक्स अफिसमा त्यसको असर देखिएको बताइएको छ । ओम राउतको निर्देशनमा बनेको चलचित्र ‘तान्हाजीः द अनसङ वारियर’ एक जना मराठा योद्धा तानाजी मालुसुरेको वीरताको कथा हो। जसमा अजय देवगनका साथै सैफ अलि खान र काजोलको मुख्य अभिनय रहेको छ।