गायिका प्रविशा अधिकारीको स्वर रहेको गीत सार्वजनिक भएको छ । 'भंगेरी' बोलको गीतमा निमा रोयको शब्द तथा सङ्गीत रहेको छ । सार्वजनिक गीतको भिडियोमा गायिका प्रविशा स्वंयमले समेत मोडलिङ गरेकी छिन् । गीतमा प्रविशालाई स्वरमा निमाले पनि साथ दिएका छन् । सदिक्षा भट्टराईको निर्देशन तथा कोरियोग्राफी रहेको गीतको भिडियो आकर्षक बनेको छ । गायिका प्रविशा अधिकारीले पहिलो पटक म्युजिक भिडियोमा मोडलिङ गरेकी हुन् । उनले गाएका 'तिमी जहाँ छौ', 'फूल हैन' जस्ता गीतहरू हिट छन् ।