अजय देवगणको मुख्य भूमिका रहने चलचित्र ‘मैदान’मा नायिका फाइनल भएकी छिन् । साउथकी लोकप्रिय अभिनेत्री प्रियामणि अजयको अपोजिटमा देखिने भएकी हुन् । नायिका प्रियामणि ‘चेन्नई एक्सप्रेस’मा आइटम गर्लको रूपमा प्रस्तुत भएकी थिइन् । यसै गरी उनले कङ्गना अभिनीत  ‘थलैवी’मा अभिनय गरेकी छिन् । केहि समय पहिले चलचित्रमा कृथी सुरेश पक्का भएको खबर बाहिरिएको थियो । नोभेम्बर २७ मा रिलिज हुने ‘मैदान’लाई अमित रविन्द्रनाथ शर्माले निर्देशन गर्नेछन् ।

शर्माले यसअघी सफल चलचित्र ‘बधाई हो’ निर्देशन गरेका थिए । यस चलचित्रलाई बोनी कपूर, आकाश चावला, अरुनभा जोय सेनगुप्ता र जी स्टुडियोले निर्माण गर्नेछन् । 'मैदान'मा अजय एक फुटबल कोचको भूमिकामा देखिनेछन् ।  यतिबेला अजयको सयौँ चलचित्र 'तानाजी' प्रदर्शन भैरहेको छ जसलाई दर्शकले रुचाइरहेका छन् भने चलचित्रले डेढ सय करोड बढी कलेक्सन गरिसकेको छ ।