गएको हप्ता नेपाली रजतपटको लागी उपलब्धि मूलक नै रह्यो । चलचित्र सम्बन्धी विविध कार्यक्रम अनि चलचित्रका प्रचारप्रसार सामाग्री रिलिज, यिनै बिच नेपाली रजतपटको गत हप्ता गुज्रियो । चलचित्र क्षेत्रमा सानोतिनो उत्सव त जहिल्यै भइरहेकै हुन्छ । यसै गरी गएको हप्ता पनि नेपाली कला र समग्र चलचित्र क्षेत्रले आफ्नो गति लिइरहन सफल भयो । हेरौँ तस्बिरमा यो हप्ता ।  

सञ्चार कर्मी डीबी खड्काको पुस्तक ‘नियत’को विमोचन भएको छ । पुस्तकलाई लेखक स्वयं र अभिनेत्री रेखा थापा, स्वस्तिमा खड्का, लक्ष्मी बर्देवा, नारायण अमृत र अमर खड्काले संयुक्त रूपमा यो पुस्तक विमोचन गरेका हुन् । दशक लामो चलचित्र पत्रकारितामा बिताएका खड्काले क्यामरा, एक्सन र कट पछाडि लुकेको महिलाको दर्दनाक वास्तविकतालाई पुस्तकमा उतारेका छन् ।

बेलाबेखत आफ्नै अभिव्यतीको कारण गायिका आस्था राउत विवादमा मुसिरहेकी हुन्छिन् । फेरी एकपटक गायिका राउत विवादमा तानिएकी छिन् । उनले आफुलाई प्रहरीले ‘तँ’ भनेको भन्दै आक्रोशपुर्ण भिडियो सामाजिक सञ्जालमा राखेसँगै विवादमा तानिएकी हुन् । यतिबेला सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भएको छ । उक्त भिडियोमा आस्थाले विमानस्थलमा चेडिङ गर्नेक्रममा एक महिलाले प्रहरीले ‘तँ’ भन्दै दुव्र्यवहार गरेको भन्दै अपशब्द समेत बोलेकी छिन् ।

अभिनेता रमित ढुङ्गानाले चलचित्र  ‘माया नमार’ बाट नेपाली फिल्ममा डेब्यु गरेका थिए । सन् २००२ मा प्रदर्शनमा आएको मदन घिमिरे निर्देशित चलचित्रको दोस्रो भाग बन्ने भएको छ । जसमा अभिनेता रमितका छोरालाई डेब्यु गराइने भएको छ । आइतबार रमितले आफ्नो जन्मदिन मनाउने क्रममा उनले यो कुरा बाहिर ल्याएका हुन् । तर उनले योसँगै चलचित्र निर्माण हुन भने अझै ४ देखि ५ वर्ष लाग्ने पनि बताएका छन् ।

नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा

पछिल्लो समय निकै चर्चामा रहेको रियालिटी सो हो कमेडी च्याम्पियन । आइतबार यसै रियालिटी सोका निर्देशक विशाल भण्डारीको जन्मदिन परेको थियो । उनको जन्मदिनमा कमेडी च्याम्पियनकी होस्ट तथा निर्माता रिमा विश्वकर्माले सप्राइज दिइन् । दरबारमार्गमा रहेको 'लन्डन पब'मा विशाललाई सप्राइज दिन कमेडी च्याम्पियनका सबै जसो प्रतिस्पर्धी उपस्थित थिए । 

चलचित्र 'लक्का जवान' को पहिलो गीत सार्वजनिक भएको छ । 'मन त मेरो लक्का जवान' बोलको गीत बुधवार इन्टरनेटमा सार्वजनिक गरिएको हो । कलाकार शिवहरी पौडेलको निर्देशनमा बनेको चलचित्रको सार्वजनिक गीतमा  प्रियंका कार्की, दिलीप रायमाझी, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, राजाराम पौडेल, शिवहरी पौड्याल, सुशील पोख्रेल लगायत कलाकारले कम्मर मर्काएका छन् । बाबुल गिरी र मीन निरौलाको आवाज रहेको गीतमा बाबुल गिरीको सङ्गीत र डिपी खनालको शब्द रहेको छ । गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । बुधवार राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको गीतको भिडियोमा सम्पूर्ण कलाकारलाई स्थान दिइएको छ । 

केही महिना अघि अभिनेत्री वर्षा सिवाकोटी  ’डबल सी’ नामक भिटामिन जुसको ब्रान्ड एम्बासडर नियुक्त भएकी थिइन् । यति बेला उनी उही जुसको प्रचार प्रसारको लागी निर्माण भइरहेको विज्ञापनको लागी जुटिरहेकी छिन् । मङ्गलवार विज्ञापनको छायाङ्कनमा भेटिएकी वर्षा निकै फिट र आकर्षक देखिएकी थिइन् ।

विपिन कार्की स्टारर चलचित्र ‘सेल्फी किङ’ ले हाम्रो पात्रोसँगको सहकार्यमा ‘हाम्रो सेल्फी किङ कन्टेस्ट’ घोषणा गरेको छ । चलचित्रको थिम अनुसार घोषणा गरिएको यो प्रतियोगितामा सहभागी हुन चाहनेले कमेडी हाउभाउमा खिचिएको सेल्फी ‘हाम्रो कम्युनिटी’ नामक ग्रुपमा पोस्ट गर्नुपर्ने छ । सेल्फी खिच्दा विभिन्न मेकअपको पनि प्रयोग गर्न सक्ने तर यो नै अनिवार्य नभएको निर्माता सुवास थापाले जानकारी दिएका छन् ।

नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीको विवाह हुने भनिएको पनि लामो समय  भैसकेको छ । दुईले विवाहको लागी टिका टाला गरेको पनि दुई वर्ष नाघिसक्यो । यति बेला विवाह हुने निश्चित भएपछि उनी ब्याचलर पार्टी थाइल्यान्डमा छिन् । आफ्ना केही निकट साथीहरूसँग ‘ब्याचलर पार्टी’ मनाउन बुधवार थाइल्यान्ड उडेकी उनी यति बेला सबैतिर छाइरहेकी छिन् ।

‘द भ्वाइस अफ नेपाल सिजन २’ का प्रतियोगीहरूलाई लिएर विश्वव्यापी साङ्गीतिक यात्रा हुने भएको छ । ‘ब्लु बर्ड इन्टरनेशनल इभेन्ट प्रलि’ले ‘भिजिट नेपाल २०२०’ लाई सहयोग पुर्‍याउने उद्देश्य सहित यो संस्थाले साङ्गीतिक यात्रा आयोजना गर्न लागेको हो ।  कार्यक्रमका लागि ‘द भ्वाइसका विजेता राम लिम्बुको साथमा सनिष श्रेष्ठ, आरिफ राउफ, यांकी याल्मो, अन्जु राना मगर लगायत विश्वव्यापी कार्यक्रममा निस्किने छन् ।

नेपाल आइडलबाट चर्चामा रहेका गायक निशान भट्टराईको नयाँ गीत सार्वजनिक भएको छ । ‘लाहुर जाने रेल’ बोलको गीतको भिडियो उनको आफै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो । गीतमा शब्द तथा संगीत प्रशान्त पौडेलको रहेको छ । निशानको आवाज रहेको गीतको भिडियोमा अभिनयपनि निशान स्वयंमले गरेका छन् । भिडियोमा उनलाई ऋचा न्यौपानेले साथ दिएकी छिन् ।

नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा

मण्डला थिएटर अनामनगरमा नाटक 'झिम्के मामा' मञ्चन भइरहेको छ । यही माघ ३ गतेबाट मञ्चन सुरु भएको नाटक  प्रदीप कुमार चौधरीको निर्देशनमा बनेको हो । नाटकले छुवाछुत र यससँग जोडिएको अन्धविश्वासले समाजमा ल्याउने समस्या र मानवतालाई समेटेको छ ।

आगामी चैत २८ गते देशव्यापी रूपमा प्रदर्शनमा आउने चलचित्र ‘प्रेमगीत ३’ को यति बेला मनाङमा छायाङ्कन भइरहेको छ । टिमले मनाङको हिउँमा चलचित्र खिचिरहेका छन् । अब एक हप्ताको छायाङ्कन पछि युनिट मनाङबाट फर्किनेछ । छायाङ्कन कै क्रममा आइतबार केही कलाकारहरूलाई निर्माता सन्तोष सेनले हेलिकप्टर मार्फत सुटिङ सेट सम्म पुर्‍याएका थिए भने शुटिंग सकिएका कलाकारहरूलाई त्यही हेलिकप्टर मार्फत काठमाडौँ पुर्‍याएका थिए ।

चलचित्र निर्माता तथा हल व्यवसायी सुमित मैनालीले नयाँ ब्युक्टी सैलुन संचालनमा ल्याएका छन् । दरबारमार्ग स्थित शेर्पा मलमा रहेको ‘लुक्स युनिसेक्स सैलुन’को बिहिबार अपौचारिक उद्घाटन गरिएको छ । रिबन काट्दै सैलुनको उद्घाटन अभिनेत्री तथा निर्देशक दिपाश्री निरौला, नायिकाद्धय पूजा शर्मा र बर्षा राउत, नायक आकाश श्रेष्ठले गरेका थिए ।

 

नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा

चलचित्र ‘लभ डायरिज’को टिजर सार्वजनिक भएको छ । सौरभ चौधरी निर्देशित चलचित्रको टिजरमा मुख्य कलाकार सुशील श्रेष्ठ र रुबिना थापाको प्रेम देखाइएको छ । फागुन २ गते रिलिज हुने चलचित्रको ट्रेलरमा दुई बिचको प्रेम, रोमान्स र बिछोडलाई समावेश गरिएको छ । भने यी दुईले मात्र स्थान पाएका छन् ।

यही माघ २४ गते प्रतीक्षित चलचित्र ‘साङ्लो’ प्रदर्शनमा आउँदै छ । यति बेला नायक विराज भट्ट आफूले निर्देशन गरेको पहिलो चलचित्रलाई उत्कृष्ट बनाउन लागिपरेका छन् । चलचित्रमा उनीसँगै डेब्यू नायिका पूर्व मिस नेपाल निकिता चण्डक पनि लागी परेकी छिन् । उनको यो डेब्यु चलचित्र हो । यस अघि सार्वजनिक ट्रेलर र गीतलाई दर्शकले मन पराए पछि विराजले चलचित्रको नयाँ गीत छायाङ्कन गरिरहेका छन् ।

मिथिला शर्मा र सुरक्षा पन्तको मुख्य भूमिका रहेको चलचित्र 'आमा' आगामी महा शिवरात्रिको अवसरमा फागुन ९ गते रिलिज हुन लागेको छ । चलचित्रको प्रचार प्रसार सामाग्रीको स्वरूप ट्रेलर सार्वजनिक भैसकेको छ । ट्रेलर सार्वजनिक भएपछि चलचित्रको विदेशमा माग बढेको छ । यसैबिच चलचित्रको अस्ट्रेलिया र अमेरिकाको राइट्स निर्माण टिमले महँगोमा बिक्री गरेको छ । निर्देशक दीपेन्द्र के. खनालले चलचित्र नेपालमा प्रदर्शन भएको दिन नै अस्ट्रेलिया र अमेरिकामा एकसाथ प्रदर्शन हुने जानकारी दिएका छन् ।

अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य भूमिका रहने चलचित्र ‘माइकल अधिकारी’को छायाङ्कन सुरु भएको छ । माघे सङ्क्रान्तिको अवसर पारी बुधवार झापाको बिर्तामोडबाट चलचित्रको छायाङ्कन सुरु गरिएको हो । सरोगेशीको कथामा निर्माण हुने चलचित्रमा सौगात र सृष्टिसँगै अशान्त शर्मा, एनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, सुजना ढकाल, दिलीप बोहरा, बिट्रिनी कलाकार जमाइका टोम्स सहित झापाको चर्चित नाट्य समूह परिवर्तन थिएटरका कलाकारको अभिनय रहने छ ।

नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा