अभिनेता आयुष्मान खुरानाको नयाँ चलचित्र 'शुभ मंगल ज्यादा सावधान' को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा आयुष्मान को एक केटासँग प्रेम भएको देखाइएको छ । यो कुरा परिवारले थाहा पाएपछि सुरु भएको द्वन्द्व नै चलचित्रको मुख्य कथा हो । समलिङ्गी कथामा आधारित यस चलचित्रलाई हिटेश केवल्याले निर्देशन गरेका हुन् । सोमबार युट्युबमा सार्वजनिक गरिएको ट्रेलरमा आयुष्मान खुराना लगायतका कलाकारलाई स्थान दिइएको छ । यस चलचित्रलाई भुशन कुमार, कृशन कुमार, आनन्द एल राय, हिमांशु शर्माले निर्माण गरेका हुन् । यसमा आयुष्मानका साथमा गजराज राव, नीना गुप्ता, मनुऋषि चड्ढा, जितु के, सुनिता राजवर लगायत कलाकारको अभिनय रहेको छ । चलचित्र  २१ फेब्रअरीमा रिलिज हुदैछ ।