केही दिन अघि गायक निशान भट्टराईले ‘लाहुर जाने रेल’ बोलको नयाँ गीत सार्वजनिक गरे । उनले आफ्नै अफिसियल युट्युब च्यानल मार्फत उक्त गीत सार्वजनिक गरेका हुन् । सार्वजनिक गीत को भिडियोमा निशान नै फिचर्ड छन् भने उनलाई रीचा न्यौपानेले साथ दिएकी छिन् । निशान र रीचा सामाजिक सञ्जालबाट नजिक भएका हुन् । रीचाका अनुसार उनी निशानको निकै ठुलो फ्यान हुन् । नेपाल आइडलबाट रीचाले निशानलाई फलो गर्थिन् र बेला बखत म्यासेज पनि गर्थिन् । निशानको स्वरको जादुमा पर्ने त लाखौँ छन् र उनलाई फलो गर्ने म्यासेज गर्ने पनि हजारौँ थिए होला तर रीचाको लागी सोच्दै नसोचेको कुरा भइदियो एक दिन ।

किन भने निशानले उनको म्यासेज को रिप्लाई दिए । त्यस यता उनीहरू नजिक भए कुराकानी हुन थाल्यो बेला बखत । निशान पनि आफ्नो नयाँ गीतको तयारी गर्दै थिए । गीतलाई उनी विशेष थियो किनकि उनी यसलाई आफ्नै च्यानल बाट सार्वजनिक गर्ने तयारी गर्दै थिए र भिडियोमा उनी आफै अभिनय गर्न लागेका थिए । उनको गीत को लागी मोडल खोज्दै थिए जसले उनको गीत लाई न्याय गर्न सकोस् । यसै बिच उनी रीचाले बनाएका टिकटक भिडियोहरु फलो गरिरहेका थिए र उनलाई रीचामा केही सम्भावना देखे र टिमलाई प्रस्ताव राखे ।

निशानको फ्यान देखी लाहुरेनी सम्म रीचाको यात्रा

सङ्कोच मान्दै टिमले उनलाई लिने प्रस्ताव स्वीकार गरे । सङ्कोच मान्नु पर्ने पनि थियो नै किन भने रीचा पहिलो पल्ट क्यामरा फेस गर्दै थिइन् । जुन टिकटक जस्तो सरल हुने थिएन । निशानलाई डर पनि थियो कतै आफूले आस गरेको मान्छेले निराश बनाउने त होइन ? तर रीचाले निशानको विश्वासलाई निराश हुन दिइनन् र फल स्वरूप उनीहरूको सहकार्यमा म्युजिक भिडियो तयार भयो । गीत सार्वजनिक गरेपछि निशानले दर्शक श्रोतालाई गीत निकै मन परेको प्रतिक्रिया दिइरहेको र आफू निकै उत्साहित भएको बताएका छन् ।

निशानको फ्यान देखी लाहुरेनी सम्म रीचाको यात्रा

गीत नयाँ च्यानलबाट सार्वजनिक गरेकाले सुरुमा छिट्टै धेरै दर्शक माझ पुग्न समय लागे पनि गीत सुनेपछि उनको काम लाई प्रशंसा गर्ने प्रशस्तै छन् । प्रशान्त पौडेलको शब्द तथा सङ्गीत रहेको गीतको भिडियोलाई अनिल के मानन्धरले खिचेका हुन् । प्रवीण भट्टराईले सम्पादन गरेको भिडियोमा सेनाको सङ्घर्षको कथा देखाइएको छ । यसलाई प्रवीण भट्टराईले निर्देशन गरेका हुन् ।

निशानको फ्यान देखी लाहुरेनी सम्म रीचाको यात्रा